बागमती प्रदेश सहकारी रजिष्टारको कार्यालय काठमाडौंमा राख्दैछौँ : मन्त्री महर्जन

बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले ‘बागमती प्रदेश सहकारी रजिष्टारको कार्यालय काठमाडौंमा राख्दैछौं’, भन्नुभएको छ । शनिबार बागमती प्रदेश सहकारी विकास बोर्डको आय‍ोजना तथा जिल्ला सहकारी संघ लि., ललितपुरको संय‍ोजनमा ललितपुरको महालक्ष्मीस्थानमा आय‍ोजित सहकारी सञ्चालन सम्बन्धमा समसामयिक विषयमा जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री महर्जनले सरकारले सहकारी मार्फत आर्थिक क्रान्ति गर्ने सपना देखेको बताउदै सहकारीको आवश्यकता र महत्व बारे प्रकाश पार्नुभयो ।

यसैगरी कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बागमती प्रदेश, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोविन्द रिसालले बागमती प्रदेशका सहकारीमा देखिएका समस्या समाधानका लागि छलफल भइरहेको छ’, भन्नुभयो । उहाँले सहकारी अनुगमनका लागि बागमती प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताउनुभयो । बागमती प्रदेश सहकारी रजिष्टारको कार्यालयमा बागमती प्रदेशका ३,२७२ सहकारी मध्ये यो आर्थिक वर्षमा १८२ वटा सहकारी संंस्थाको मात्रै उजुरी परेको र तीमध्ये पनि ९ वटा सहकारी संस्थालाई मात्रै कारबाहीका लागि लेखेर पठाएको उहाँको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी विकास ब‍ोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीको बारेमा भइरहेका गलत प्रचारलाई चिर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउदै सहकारीका छाता संगठनहरु मार्फत सहकारी अनुगमन लगायतका कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष केदार गोर्खाली श्रेष्ठले अध्यक्षता, उपाध्यक्ष शशि खड्काले धन्यकाद ज्ञापन र सचिव अनिलबीर बज्राचार्यले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक राजेन्द्र पौडेलले मन्तव्य व्यक्त गर्दै सहकारीको विरुद्ध भइरहेका गलत प्रचारलाई चिर्दै सहकारीको विकास र प्रवर्द्धनमा सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा मन्तब्य व्यक्त गर्दै बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेले देशभरका सहकारी संघ संंस्थामध्ये बागमती प्रदेशमा सहकारीको संख्या ३३ प्रतिशत, बचत र ऋण कारोबार ५० प्रतिशत, शेयर पूँजी ४० प्रतिशत र सहकारी मार्फत रोजगारी ४० प्रतिशत रहेको बताउनुभयो । एकाध सहकारी संस्थाले गरेको गलत क्रियाकलापको अशर सुशासनमा चलेका सहकारी संस्थाहरुमा परेको उहाँको भनाइ थियो । कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै जिल्ला सहकारी संघ लि., ललितपुरका उपाध्यक्ष रामशरण बस्नेतले

एकाध सहकारी संस्थाले गरेका गलत क्रियाकलापलाई लिएर जनताको बीचमा रहेर आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान गरिरहेको सिङ्ग‍ो सहकारी अभियानलाई सांसदहरुले नै गाली गर्नु दु:खद भएको बताउदै ‘हाम्र‍ो देशमा जनताको बीचमा रहेर काम गरेका सहकारीकर्मीहरुले अपमानित हुनु परिहेको तर मान्छे बेच्नेहरु भने सम्मानित भइरहका छन्’, भन्नुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष केदार ग‍ोरखाली श्रेष्ठले

ललितपुर जिल्ला भित्र रहेका सहकारी संघ संस्थाको अवस्था,अवसर , चुनौती र समस्या विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

उहाँले सहकारीको विकास र प्रवर्द्धनमा जिल्ला सहकारी संघ लि.,ललितपुरले गरिरहेको गतिविधिबारे प्रकाश पार्दै महिलाहरुको पाठेघरको क्यान्सर नि:शुल्क परीक्षणका लागि हरिसिद्धिको क्यान्सर अस्पतालसँग समझदारी भएको जानकारी दिनुभयो ।

कार्यक्रममा अध्यक्ष गोरखालीले प्रस्तुत गर्नुभएको सो कार्यपत्रमा महिलाहरुले सञ्चालन गरेका सहकारी संस्थाहरुको अवस्था र सहकारीमा महिलाको स्थिति समावेश गर्नु पर्ने सुझाव केन्द्रीय उपभोक्ता सहकारी संघ लि.कि सचिव अर्चना अमात्यले दिनुभयो ।

यसैगरी कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सघ लि.का व्यवस्थापक सन्त‍‍ोष बजगाईँले

ललिथपुर जिल्ला भित्रका वित्तीय सहकारी संघ संस्थाको अवस्था, अवसर , चुनौती र समस्या विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

उहाँले कतिपय सहकारी संस्थाको नेतृत्व कुनै विधि र पद्धती नअपनाइ आफूखुशी परिवर्तन भएको पाइएको बताउनुभयो ।

सो कार्यक्रम समापन भएपछि मन्त्री महर्जन सहितको ट‍ोलीले जिल्ला सहकारी संघ लि., ललितपुरले निर्माण गरको आफ्न‍ो सहकारी भवनको निरीक्षण गरेको जिल्ला सहकारी संघ लि.,ललितपुरका व्यवस्थापक मनु जी.सी.ले अलगपथलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *