बागमती प्रदेश सहकारी संघ लि.ले ५ वटा जिल्लामा अन्तर-संवाद कार्यक्रम सम्पन्न ग-यो : महर्जन

बागमती प्रदेश सहकारी संंघ लि.का वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले सहकारी संंस्थाहरुमा सुशासन, सहकारीका सदस्यहरुमा जागरण र सहकारी संघहरुमा सुदृढीकरणको निम्ति बागमती प्रदेश सहकारी संघ लि.ले बागमती प्रदेशका ५ जिल्लामा सहकारी अन्तर-संवाद कार्यक्रम सम्पन्न गरेको बताउनुभएको छ । सहकारीको वर्तमान अवस्था र सम्भावित निकासका उपायहरु” विषयक यो अन्तर-संवाद कार्यक्रम बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा मकवानपुरमा , वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनको प्रमुख आतिथ्यतामा दोलखा, रामेछाप र सिन्धुलीमा र लेखा सुपरीवेक्षण समिति संयोजक नेत्रराज पौडेलको प्रमुख आतिथ्यतामा सिन्धुपाल्चोकमा सम्पन्न भयो र गत फाल्गुण १९ गते मकवानपुरको हेटौंडाबाट शुरु भई फाल्गुण २३ गते सिन्धुपाल्चोकको मेलम्चीमा सम्पन्न उक्त अन्तर-संवाद कार्यक्रममा बागमती प्रदेश सहकारी संघ लि.का महासचिव भीमप्रसाद पौडेल , सचिव देवराज न्यौपाने र व्यवस्थापक रुपक घिमिरे तथा नेफ्स्कूनका निवर्तमान प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले सहजीकरण गर्नुभएको थियो’, बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष एवं शिक्षा तथा तालिम उप-समिति संयोजक महर्जनको भनाइ छ । उहाँले हाम्रो यस संंघले बागमती प्रदेश सहकारी मन्त्रालयसँगको सहकार्यतामा विभिन्न तालिम, गोष्ठी , अन्तर्क्रिया लगायतका कार्यक्रम गर्दै आएको बताउनुभयो । अलगपथसँगको भेटमा उहाँले ‘बागमती प्रदेेेशका १३ वटै जिल्लाका सहकारीकर्मीहरुको उपस्थितिमा चाडै नै बागमती प्रदेश सहकारी सम्मेलन गर्ने यस संघको योजना रहेको छ’, भन्नुभयो । हाम्रो यो संंघमा ३६० वटा सहकारी संघ/संस्था सदस्य रहेका छन् र यो संंघको सदस्य बन्न बाँकी १३ वटै जिल्लाका सहकारी संंघ/संस्थाहरुलाई अनुरोध गर्छु भन्दै उहाँले ‘यो संघ बागमती प्रदेश सहकारी संघ/संस्थाहरुसँग सहकार्य् , सहमती र समन्वय गर्दै निजी, सरकारी र सहकारीसँग छलफल, बहस र पैरवी गर्दै सुशासनयुक्त सहकारी अभियान बनाउन निरन्तर प्रयासरत रहेको छ’, उहाँको थप भनाइ छ ।

Leave a Reply