बाथरुम लडेका माओवादी अध्यक्ष प्रचण्डको टाउकोमा चोट : स्वास्थ्य अवस्था सामान्य

गएराती बाथरुममा लडेर घाइते भएका नेकपा (माके)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको र उनी निवासमै बसेर आराम गरिरहेको श्रोतले जनाएको छ । त्यहाँ उनलाई भेट्न नेकपा (माके)का नेताहरु पुगेको बताइएको छ ।

बाथरुममा लडेका प्रचण्डको टाउकोमा चोट लागेपछि लगत्तै उपचारका लागि उनलाई ललितपुरको नख्खुस्थित मेडसिटी अस्पताल पु-याइएको र त्यहाँ उनको एक्स रे सहितको स्वास्थ्य परीक्षण गरेर हेर्दा रिपोर्ट सामान्य आएपछि सामान्य उपचार गरि उनलाई निवास फर्काइएको बताइएको छ । उनको टाउकोमा ३ वटा टाका लगाएको जनाइएक‍ो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *