बालेन्द्र साह र कुलमान घिसिङ बीच तिक्तता

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीच तिक्तता शुरु भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख साहले नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरपालिकालाई तिर्नु पर्ने सम्पति कर नतिरेर कर छली गरेको अभिव्यक्ति सार्वजनिक भएपछि जवाफमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ‘काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई तिर्नु पर्ने बत्तीको पैसा तिर्नुस् अनि हामीले काठमाडौं महानगरपालिकालाई तिर्नु पर्ने कर तिरौंला’, भन्नुभयो । यता प्रमुख साहले घुमाउरो भाषामा सडक बत्तीको महशुल बुझाउने विषयमा सहमत देखिनु भएको छैन । सोही कारण प्रमुख साह र कार्यकारी निर्देशक घिसिङ बीच तिक्तता शुरु भएको छ । केही दिन पहिले काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरण सहित १७ वटा कम्पनिलाई सम्पति कर बुझाउन १० दिनको अल्टिमेटम दिएको थियो भने नेपाल विद्युत प्राधिकरणले पनि काठमाडौं महानगरपालिकालाई बत्तीको महशुल तिर्न पत्राचार गरेको बताइएको छ ।

Leave a Reply