बालेन र सुनिता काठमाडौं महानगरपालिकाको मेयर र उप-मेयर बन्ने निश्चित

काठमाडौं/ स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेद्वार केशव स्थापित , नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंह र राप्रपाका उम्मेद्वार मदनदास श्रेष्ठभन्दा फराकिलो मतान्तरका अगाडि रहेकाले काठमाडौं महानगरपालिकाको मेयर बन्ने निश्चित भएको छ भने नेकपा (एमाले) की उम्मेद्वार सुनिता डंगोल प्रतिस्पर्धी नेकपा (एकीकृत)का उम्मेद्वार रामेश्वर श्रेष्ठ भन्दा निकै फराकिलो मतान्कातरका साथ अगाडि रहेकीले काठमाडौं महानगरपालिकाको उप-मेयर बन्ने पक्का भएको छ । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेकोले आज केहीबेर पछाडि मत परिणामको नतिजा सार्वजनिक गर्ने गरी कार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा (एमाले) महानगरपालिकाका उप-मेयरमै सिमित

संघीय संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) महानगरपालिकाका उप-मेयरमै सिमित भएको छ । उसले विराटनगर ,पोखरा र ललितपुर महानगरपालिकाको उप-मेयर जितिसकेको छ भने काठमाडौं महानगरपालिकाको उप-मेयर जित्ने निश्चित भएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा आफूले जितेको काठमाडौं र पोखरा महानगरपालिकाको मेयर यस पटक गुमाएको नेकपा (एमाले) पोखरा सहित यस अगाडि नेपाली कांग्रेसले जितेको ललितपुर र विराटनगर महानगरपालिकाको उप-मेयर जित्न सफल भएको छ भने यस अगाडि नेपाली कांग्रेसले जितेको काठमाडौं महानगरपालिकाको उप-मेयर जित्ने निश्चित भएको छ । यता बीरगञ्ज र भरतपुर महानगरपालिकाको उप-मेयर जितेको नेपाली कांग्रेसले यस अगाडिको निर्वाचनमा जितेको ललितपुर र विराटनगर उप-महानगरपालिकाको उप-मेयर गुमाएको छ भने काठमाडौं महानगरपालिकाको उप- मेयर पनि गुमाउने टक्का भएको छ । त्यस्तै भरतपुर महानगरपालिकाको मेयर नेकपा (माके) र बीरगञ्ज महानगरपालिकाको मेयर जसपा र पोखरा महानगरपालिकाको मेयर नेकपा (एस)ले जितेका छन् ‌।

(कान्तिपुर दैनिकको सहयोगमा )

Leave a Reply