भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा वित्तीय व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवर्द्धन उप-समितिको आयोजनामा वित्तीय व्यवस्थापन तालिम यही चैत्र १० गते सोही संघको तालिम हलमा सम्पन्न भयो । सो अवसरमा उक्त संघका कोषाध्यक्ष काञ्छाभक्त घजुले सहकारी संस्थामा रहेको वित्तीय स्रोतको प्रभावकारी व्यवस्थापन र सुशासन नहुँदा सहकारीमा तरलताको जोखिम, लगानीका जोखिम, सञ्चालन जोखिम लगायका समस्या देखिएको बताउनुभयो । उहाँले सहकारी संस्थालाई मजबुत बनाउन ऋण नोक्सानी कोषको व्यवस्था, सदस्यको धन तथा धित्तो जमानीमा मात्र ऋण प्रवाह र तरलता व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा त्यसै संघका व्यवस्थापक बालकृष्ण धोजुले

सहकारीको दिगो विकासको लागि दिगो वित्तीय व्यवस्थापन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सहकारीमा शेयर दायित्वलाई कम गर्दै जगेडा कोषलाई बढाउन सके लाभाँशमा सकस नपर्ने बताउनुभयो । सहकारीमा बचतको विविधिकरण अन्तर्गत नियमित बचत र अन्य बचतको न्यूनतम मौज्दात कायम रहेन दीर्घकालीन दायित्वको भारलाई बढाउदै लान सके वित्तीय स्थीरतामा टेवा पुग्ने उहाँको भनाई थियो ।
त्यस अवसरमा तालिमका सहजकर्ता ज्ञानमणि न्यौपानेले तालिममा सिकेका कुराहरु सहकर्मीहरुलाई पनि सिकाई संस्थामा व्यवहारिक प्रयोगमा ल्याएमा मात्र तालिमको सार्थकता रहने बताउनुभयो । उहाँले सिकाइ कहिल्यै पनि नसकिने विषय भएकोले निरन्तर सिक्ने इच्छा चाहानालाई उर्जाशील बनाई राख्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

तालिममा सहभागीहरुले सहकारीमा वासलातको प्रभावकारी व्यवस्थापन, आम्दानी खर्च, कोष, व्याजदर निर्धारण, कोष बाँडफाँड लगायताका विषयमा प्रभाकाकारी सिकाई भएको भन्दै खुशी व्यक्त गर्नुभयो । तामिलमा सो संघमा आबद्ध संस्थाहरुका व्यवस्थापक तथा उच्च कर्मचारीहरुकोे सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको सञ्चालन त्यसै संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो । त्यस अवसरमा तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो ।

Leave a Reply