भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

६७औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा सोही संघका समिति, उप-समिति र कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम २०८० चैत्र १६ गते त्यसै संघको सभाहलमा सम्पन्न भयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सो संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले हाल सहकारीको बारेमा सडकदेखि सदनसम्म चर्चा भइरहेको बताउनुभयो । सहकारीको यस तरल अवस्थामा सहकारी संस्थाहरु संयमित र सचेत हुनपर्ने बताउदै उहाँले सहकारीकोे दीर्घकालिन समस्या समाधान गर्न दोस्रो तहको नियमक निकाय गठनमा सरकार लागेको विचार व्यक्त गर्नुभयो ।
यसैगरि त्यसै संघका उपाध्यक्ष हरि बल्लले अन्तरक्रिया कार्यक्रममा स्वागत गर्दै ६७औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रमले नियमन निकाय र अभियान मिलेर सहकारी समस्या समाधानका लागि सामूहिक प्रयासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरि उक्त संघका सचिव जगनाथ प्रजापतिले यस संघको आयोजना र जिल्लास्थित संघहरुको समन्वयमा हरेक बर्ष राष्ट्रिय सहकारी दिवस चैत्र २० गते प्रभातफेरी कार्यक्रम गरि मनाइदै आइरहेकोमा यस बर्ष नगर नगरमा संघको नगरस्तरीय सहकारी समन्वय उप-समितिको आयोजना तथा समन्वय र सहकार्यमा प्रभातफेरी कार्यक्रम सहित ६७औँ राष्ट्रिय सहकारी दिवस मनाउने भएकोले त्यसमा सहकारी संस्थाको सक्रिया सहभागिताको लागि अनुरोध गनुभयो ।
यस्तैगरी सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले

६७ औँ राष्ट्रिय सहकारी दिवसको थिम “सहकारीमा सुशासन : प्रविधि र एकीकरण” बारेमा प्रकाश पार्दै नारा अनुसार संघले प्रविधिलाई आत्मसात गर्दै सदस्य संस्थाहरु बीच कर्जा सूचना, भुक्तानी रसिद क्लिरिङ लगायतका लागि प्रविधि विकासका काम भइरहेको बताउनुभयो ।
यो संघले विकास गर्दै आएको क्रेडिट एनलाइसिस टुल (Credit Analysis Tool) का बारेमा समेत अन्तरक्रिया कार्यक्रममा छलफल भएको थियो । सो कार्यक्रममा सोही संघका समिति, उप-समितिका पदाधिकारी र सदस्य तथा कर्मचारी गरि ३८ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply