भक्तपुर जिल्ला बचत संघका पूर्व सञ्चालकहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का पूर्व सञ्चालकहरु बीच अन्तरक्रिया कार्यक्रम ख्वप छेंमा २०८० असार ३ गते सम्पन्न भयो । त्यस अवसरमा सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजूले यो संघ गठनको उद्देश्य सहकारी अभियानमा देखा परेका विकृतिहरुको निराकरण गरी समुदायमा आधारित सहकारी संस्थाहरुको विकास एवं प्रवर्द्धन गर्नु रहेको बताउनुभयो । उहाँले स्पष्ट उद्देश्यका कारण यस संघले समुदायिक तथा सदस्य केन्द्रित सहकारीको विकासका लागि आफ्नो धारणाहरुको विकास गरी निरन्तर आवाजहरु उठाइरहेको बताउदै त्यस संघले सहकारी अभियान अन्तर्गत खेलेको भूमिकाका विषयमा प्रस्तुतीकरण समेत गर्नुभयो ।

कार्यक्रममा उक्त संघका सस्थापक अध्यक्ष राजेन्द्र दुमरूले यस संघको नेतृत्वको टोली राम्रो भएकोले संघ मजबुत रहेको बताउदै यो संघले स्थापनाकालदेखि आत्मर्निभर संघका लागि जोड दिदैं आएकै कारण यसले आफ्ना कुराहरु सम्बन्धित क्षेत्रमा निर्धक्क राख्न सकेको कुरा स्मरण गर्नुभयो । उहाँले संघले कर्जा सूचना केन्द्र, सदस्यहरुको आन्तरिक लेखा परीक्षण र अनुगमनमा विशेष जोड दिएको खण्डमा सहकारी अभियान नै मजबुद हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा त्यसै संघका नि:वर्तमान अध्यक्ष राधेश्याम सुवालले आर्थिक संकटलाई न्युनिकरण गर्न यो संघले दिर्घकालीन जोखिम बहन गर्ने कोषहरुको सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सदस्य संस्थाहरुको त्रैमासिक प्रगति प्रतिवेदनहरु विश्लेषण तथा आन्तरीक अनुगमन गरी सम्भावित जोखिमबाट सदस्य संस्थाहरु जोगाउने कार्यमा संघ लाग्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सो संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य व्यक्त गर्दै पूर्व पदाधिकारीबाट सल्लाह र सुझाव संकलन गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सो संघका सचिव जगनाथ प्रजापतीले कार्यक्रम सञ्चालन गर्दै पूर्व सञ्चालकहरुको अमूल्य सूझावबाट यो संघको दिशानिर्देशन हुने बताउनुभयो ।

कार्यक्रममा त्यसै संघका व्यवस्थापक बालकृष्ण धोंजुले यस संघले अन्तर-लगानी, शिक्षा तथा तालिम र अभियान गरी मुख्य तीन क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । उहाँले २०८० जेष्ठ मसान्तसम्ममा यस संघमा २ अर्ब १ करोड रुपैया कूल सम्पत्ति तथा दायित्व रहेको प्रगति विवरण समेत प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा उक्त संघका बर्तमान सञ्चालक र लेखा सुपरीवेक्षण समिति तथा पूर्व सञ्चालक र लेखा सुपरीवेक्षण समितिका गरी २५ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *