भक्तपुर जिल्ला बचत संघको आयोजनामा ऋण परामर्श तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रबर्द्धन उप-समितिको आयोजनामा ऋण परामर्श तालिम सिद्धि गणेश तालिम हल ,भक्तपुरमा २०८९ पुस २२ गते शुक्रबार सम्पन्न भयो । सो संघका कोषाध्यक्ष एवं उप-समितिका संयोजक काञ्छाभक्त घजुले सहकारी संस्था नीति र विधिबाट सञ्चालन हुनपर्नेमा जोड दिर्दै हाल तरलता अभाव हुनुमा अत्याधिक ऋण लगानी अनुत्पादक क्षेत्रमा भएका कारण देखिएको बताउनुभयो । ‌‌उहाँले ऋण लगानीका आधारभूत सिद्धान्त नै पालना नगरी ऋण लगानीले जोखिम बढउने भएकोले ऋण लगानी पूर्व ऋण परामर्श गरेर मात्र ऋण लगानी गर्नुपर्नेे विचार व्यक्त गर्नुभयो ।
तालिममा उक्त संघका व्यवस्थापक बालकृष्ण धोजुले बचत तथा ऋण सहकारीमा बचत संकलनको लागि बढी कर्मचारी व्यवस्थापन गर्ने तर त्यही बचत सुरक्षाको लागि ऋण लगानी तथा असुलीमा कर्मचारीको व्यवस्थापन कमजोर रहेको बताउनुभयो । उहाँले ऋणको प्रभावकारी असुलीबाट मात्र बचत सुरक्षीत हुने भएकोले सहकारीले ऋण लगानी तथा असुली प्रक्रिया प्रभावकारी बनाउन ऋण परामर्शलाई ऋण नीतिमै समावेश गरी अनिवार्य अवलम्बन गर्नुपर्ने आवश्यकता औलाउनुभयो ।
सो संघको वित्तीय सेवा प्रवर्द्धन उप-समितिका सदस्य राजकुमार लघुले तालिम समापन कार्यक्रम सञ्चालन गर्दै तालिममख सिकेका कुरा संस्थामा व्यवहारिक प्रयोग गर्नुपर्ने बताउनुभयो । काभ्रेपलाञ्चोकको बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण राय क्षेत्रीले तालिमको सहजीकरण गर्नुभएको थियो ।
संघमा आबद्ध संस्थाहरुमध्ये ३५ जनाको सहभागिता रहेको त्यस तालिममा सहभागी सरिता प्रजापती र राजकाजी प्रजापती द्वयले तालिम निकै प्रभावकारी रहेको बताउदै तालिमबाट ऋणी परामर्श, ऋण लगानी तथा असुली प्रक्रिया, ऋणको अनुगमन, ऋण असुली क्यालेन्डर, भाखा नाधेको ऋणी परामर्श लगायतका उपयोगी बिषयमा सिक्न पाएँकोमा खुशी व्यक्त गर्नुभयो ।

तालिकको झलक

Leave a Reply