भक्तपुर जिल्ला बचत संघको आय‍ोजनामा नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उप-समितिको आयोजनामा २०८० माघ २६ गते केभी लञ्च, कमलविनायक, भक्तपुरमा एक दिवसीय नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न भयो ।

उक्त अवसरमा सोही संघका उपाध्यक्ष हरि बल्लले बर्तमान अवस्थामा सहकारीको विश्वास जगाउनमा तालिमले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अज्ञानमा भएको गल्ती क्षम्य हुन सक्ला तर प्राप्त गरेको ज्ञानको प्रयोग नगरी गल्ती गर्छ भने त्यस्ता गल्ती क्षम्य हुन नसक्ने बताउनुभयो । उहाँले सहकारीमा समस्या देखिनुमा कर्मचारी पनि जिम्मेवार हुने भएकोले कर्मचारी सजग र सचेत भई काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । त्यसैगरी तालिममा उक्त संघका सञ्चालक एंव तालिम व्यवस्थापन उप-समितिका संयोजक इन्द्रप्रसाद व्याञ्जुले संस्थाका नगद परिचालक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले सिकेका कुराहरुको ज्ञान र सीप कार्यक्षेत्रमा प्रयोग गरेमा मात्र तालिमको सार्थकता रहने बताउनुभयो ।

तालिममा सोही उप-समितिका सदस्य सत्यनारायण पक्काले धन्यवाद मन्तव्य व्यक्त गर्दै तालिमको विषयबस्तु संस्थाको सञ्चालकले समेत जानकारी राख्नुपर्ने विचार व्यक्त गर्नुभयो । तालिमले कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धिले संस्थाको उद्देश्य प्राप्तीमा टेवा पु-याउने उहाँको भनाई थियो ।
तालिममा सो संघका व्यवस्थापक बालकृष्ण धोजुले तालिमको सहजीकरण गर्दै संस्थामा कर्मचारी नियुक्ति गर्दा सहकारीको सैद्धान्तिक पक्ष र काम कर्तव्यको विषयमा अभिमुखिकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले कर्मचारीहरुले संस्थाको विनियम र कार्यविधिका आधारमा मात्र आफ्नो काम कारवाही अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
तालिममा सहभागीहरुले तालिमबाट क्षमता अभिवृद्धिमा सहयोग प-याएकोमा खुशी व्यक्त गर्दे तालिमबाट सहकारीका सिद्धान्त, सहकारी र अन्य व्यवसायको फरक, नगद परिचालकको भूमिका, गुण, ज्ञान, सीप र सदस्य सम्बन्धका विषयहरुमा नयाँ कुराहरु सिकेको र सिकेको कुरा सहकर्मीहरुलाई पनि सिकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिममा उक्त संघमा आबद्ध सदस्य संस्थामा कार्यरत ४० जना कर्मचारीको सहभागिता रहेको थियो । त्यस अवसरमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply