भक्तपुर जिल्ला बचत संघको आयोजनामा महिला नेतृत्व विकास तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उप-समितिको आयोजनामा र नेफ्स्कूनको साझेदारीमा एक दिने “महिला नेतृत्व विकास तालिम“ रोयल थाइ हस्पिटालिटी राधेराधे, भक्तपुरमा २०८२ असार १४ गते शनिबार सम्पन्न भयो ।

उक्त तालिमको समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष

कृष्णगोविन्द लाखाजूले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरूको लागि जारी गरेको मापदण्ड सहकारीमा भए गरेका बदमासी गर्नेलाई कारवाही गर्ने भन्दा पनि अन्य सहकारी संस्थालाई नियन्त्रण गर्नलाई ल्याएको बताउनुभयो । संघमा रहेको संस्थाको बचतलाई तरलता गणना नहुने सम्बन्धी व्यवस्थाको संघले विरोध गर्दै आएको र सो व्यवस्था तुरन्त सच्यानुपर्ने उहाँले माग गर्नुभयो । ‘सहकारीमा महिला सदस्यकोे बहुमत भएतापनि नेतृत्व तहमा न्यून संख्या रहेको तथ्यांकले देखाएको छ’, उहाँले भन्नुभयो । उहाँले सहकारीमा नेतृत्व गर्नलाई सहकारी मूल्य, मान्यता बुझ्नुको साथै सहकारी सम्बन्धी ऐन, नियमावली, मापदण्ड, संस्थाको विनियम, नीति र कार्यविधि सम्बन्धी जानकार भएको हुनुपर्ने र अध्ययनलाई जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । सहकारीमा नेतृत्ववर्गले आफूमा स्वयम्सेवी भावनाको विकास गर्नुका साथै सम्पूर्ण क्षेत्रमा क्षमतावान भएमा महिला नेतृत्व बृद्धि हुनेमा दुईमत नरहेको उहाँले बताउनुभयो ।
तालिममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का तालिम अधिकृत रीता सुवेदीले नेतृत्वको परिचय, नेतृत्वको शैली र प्रकार, नेतृत्वको आवश्यकता र महत्व तथा, सहकारीमा नेतृत्व गरेका व्यक्तिको जिम्मेवारी विषयहरुमा सहजिकरण गर्नुभएको थियो ।

सो तालिम समापन कार्यक्रमको अध्यक्षता गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की सञ्चालक समिति सदस्य

कृष्णश्वरी मचामसीले महिला नेतृत्व विकास तालिम, तालिम लिनका लागि मात्र नभईकन सहकारीको अध्यक्ष एक दिन बन्नेछु भन्ने विचार लिएर जानुहुन सहभागीहरुलाई अनुरोध गर्नुभयो । उहाँले सहकारीमा नेतृत्व गर्ने सोचले नै उत्प्रेरित भएर नै तालिममा उत्साहजनक सहभागिता रहेको र सहकारी सम्बन्धी नीति, नियम, संस्थाकै विनियम र नीतिहरु अध्ययन गर्नुपर्ने अनिमात्र सहकारीको नेतृत्व सक्षम हुने विचार व्यक्त गर्नुभयो । यस्तैगरी कार्यक्रममा सो संघको महिला सशक्तिकरण उप-समितिकी सदस्य निर्जना ढुंगेल दाहालले पनि तालिममा सिकेका कुराहरु संस्थामा गएर कार्यान्वयन गर्नु हुन अनुरोध गर्नुहुँदै अवसरकै कमीले गर्दा पनि महिला नेतृत्वमा कमी भएको विचार व्यक्त गर्नुभयो । तालिममा सहभागीहरुमध्येबाट शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि.की मनशोभा सुवाल र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि.की सविता घिमिरेले पनि आ-आफ्नो धारणा व्यक्त गर्नुभयो । तालिमको समापन कार्यक्रम संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले संचालन गर्नुभयो । सो तालिममा उक्त संघमा आवद्ध सदस्य संस्थाहरुबाट ४८ जनाको सहभागपता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमनणपत्र प्रदान गरिएको थपयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *