मतदाताको समर्थन जुटाउने अन्तिम कसरत इलाम र बझाङका उम्मेद्वारहरुको, भरे मध्यरातबाट मौन अवधि शुरु

यही बैशाख १५ गते हुने इलाम क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य र बझाङ क क्षेत्रको सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको उप-निर्वाचनका उम्मेद्वारहरुले मतदाताहरुको समर्थन आफ्नो पक्षमा जुटाउन आज अन्तिम कसरत गरेका छन् । भरे मध्यरातबाट मौन अवधि शुरु हुने भएकोले उम्मेद्वारहरु र उम्मेद्वारहरुका समर्थकहरुलाई आज मतदातासँग मत माग्न भ्याईनभ्याई थियो ।

इलाम क्षेत्र नं.२ मा १२ दल र ७ स्वतन्त्र गरि १९ उम्मेद्वार चुनावी मैदानमा छन् भने बझाङ क क्षेत्रमा ११ दलका ११ जना उम्मेद्वार चुनावी मैदानमा छन् ।

इलाम क्षेत्र नं.२ को उप-निर्वाचन दलहरु र स्वतन्त्र उम्मेद्वारका लागि प्रतिष्ठाको विषय बन्दा बझाङ क क्षेत्र ओझलमा

राजनीतिक दलहरु र स्वतन्त्र उम्मेद्वारले इलाम क्षेत्र नं.२ लाई प्रतिष्ठाको विषय बनाउदा बझाङ क क्षेत्र ओझेलमा परेको देखिएको छ । यद्यपि, बझाङ क क्षेत्रको उप-निर्वाचन आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुले अन्तिम कसरत गरेक ाछन् तर त्यहाँ नेपाली कांग्रेसका उम्मेद्वार अभिशेख सिंह र नेकपा (एमाले)का उम्मेद्वार दमन भण्डारी बीच मुख्य प्रतिस्पर्धा हुन सक्ने विश्लेषकहरुको आँकलन छ तर नेकपा (माके), नेकपा (एस), जसपा, नेपाल, राप्रपा, नेमकिपा लगायतका दलहरुका उम्मेद्वारहरु पनि आफूले जित्ने दावी गरिरहेका छन् ।

यता इलाम क्षेत्र नं.२ को उप-निर्वाचनमा राजनीतिक दलहरु र स्वतन्त्र उम्मेद्वारहरु र उनीहरुका समर्थकहरुले आफूलाई केन्द्रित गरेका छन् । नेकपा (एमाले)ले आफ्ना उम्मेद्वार सुहाङ नेम्वाङलाई जिताएर आफ्नो बर्चस्व कायमै राख्न पूरै शक्ति लगाएको छ । चुनावी अभियानका क्रममा पटक पटक इलाम पुगेर आफ्नो पार्टीका उम्मेद्वार सुहाङ नेम्वाङलाई जिताउन सो पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अपील गरे छन् भने शिवमाया तुम्बाहाम्फे लगायतका नेकपा (एमाले)का नेता कार्यकर्ताहरुले आफूलाई इलाममै केन्द्रित गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसले आफ्ना उम्मेद्वार डम्बरबहादुर खड्कालाई जिताउन पूरै शक्ति इलाममा लगाएको छ । महामन्त्री विश्वप्रकाश शर्मा सहितका नेता कार्यकर्ताहरु इलाममै केन्द्रित छन् भने अर्का महामन्त्री गगन थापा पनि पटक पटक इलाम पुगेका छन् । चुनाव अगाडि गठबन्धन गर्नु हुदैन भनेर भनिरहेका महामन्त्रीद्वय शर्मा र थापा लगायतका नेता कार्यकर्ताहरु आफ्नो पार्टीका उम्मेद्वार डम्बरबहादुर खड्कालाई जिताएर आफ्नो अभियानलाई ठीक हो भनेर पुष्टि गर्न प्रयत्न गरिरहेका छन् ।

यस्तै रास्वपाले पनि आफ्नो पूरै शक्ति इलाम क्षेत्र नं. २ को उप-निर्वाचनमा केन्द्रित गरेको छ । चितवन -२ र तनहुँ-२ को उप-निर्वाचनमा विजयी हासिल गरेको रास्वपा इलाम क्षेत्र नं.२ को उप-निर्वाचनमा आफ्ना उम्मेद्वार मिलन लिम्बूलाई जिताएर विजय यात्रालाई निरन्तरता दिएर मिसन-८४ लाई फलदायी बनाउने अभियानमा छ ।

स्तै नेकपा (एस), राप्रपा, जनमत, नेमकिपा लगायतका दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वार आफ्नो जीत सुनिश्चित बनाउन प्रयास गरिरहेकाछन् ।

यो उप-निर्वाचनमा इलाम क्षेत्र नं.२ मा पहिचानवादीहरुका साझा र धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई लगायतले समर्थन गरेका स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिंह थेगिम (लिम्बू)को पक्षमा माहोल बनाउन राम्रै माहोल बनेको छ , जसले आफूलाई मुलधारका दल दावी गरिरहेका नेकपा (एमाले), नेपाली कांग्रेस लगायतका दलहरुको निदहराम भएको देखिएको छ । १ नं. प्रदेशको नाम कोशी प्रदेश नामाकरण भएसँगै विरोध गरिरहेका पहिचानवादी दल र समूहहरुले इलाम क्षेत्र नं.२ को उप-निर्वाचनमा स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिंह थेगिम (लिम्बू)को पक्षमा माहोल बनाएर आफूहरुको मुद्धा सम्बोधन नगरे राज्य सञ्चालक र मुलधारका दलहरुका लाागि महङ्गो पर्ने सन्देश दिन खोजिरहेको जानकारहरु बताउछन् ।

उप-निर्वाचनले इलाम २ र बझाङ क का व्यवसायी मालामाल

इलाम क्षेत्र नं.२ बझाङ क क्षेत्रका होटल व्यवसायी , पेट्रोल पम्प सञ्चालक लगायतका व्यवसायी/व्यापारीको व्यापार/व्यवसाय बढ्दा उनीहरु मालामाल बनेका छन् । यसमा पनि इलाम क्षेत्र नं.२ लाई राजनीतिक दलहरु र डकेन्द्र सिंह थेगिम (लिम्बू) सहितका उम्मेद्वारहरु समर्थकहरु इलाममा केन्द्रित भएपछि सो क्षेत्रका होटल र लज भरिभराउ छन भने पेट्रोल पम्पहरुमा पेट्र‍ोल र डिजेलको व्यापार राम्रो भएको छ ।

यसैगरि यो उप-निर्वाचनले इलाम क्षेत्र नं. २ मा मुडाको व्यापार बढेको बताइएको छ भने घण्टी पनि अरुबेलाको भन्दा अलि बढी बिक्री भएको बताइएको छ ।

Leave a Reply