मलाई न्याय दिनुहोस् : निलम्वित प्रधानन्यायधीश जबरा

निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले ‘आफू माथिको महाअभियोग प्रस्ताव निस्क्रिय भयो , मलाई न्याय दिनुहोस्’, भन्नुभएको छ । संसदको महाअभियोग सिफारिस समितिले आज निलम्वित प्रधानन्यायधीश जबरासँग सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभा हलमा बयान लिने क्रममा निलम्वित प्रधानन्यायधीश जबराले सो कुरा बताउदै आफू संसदको सम्मानको लागि यहाँ बयान दिन आएको भन्दै आफूले राम्रोसँग काम गरेको तर राजनीतिक दलको दवाव अनुसार आफूले काम नगर्दा आफूलाई राजनीतिक दल र मिडियाले विरोध गरेको बताउनुभयो । नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनबाट निलम्वित प्रधानन्यायधीश जबरा बिरुद्ध प्रमाण संकलन गरेको संसदको महाअभियोग समितिले निलम्वित प्रधानन्यायधीश जबराका लागि ४३ वटा प्रश्न तयार गरेको श्रोतको भनाई छ ।

उक्त समितिमा रहेका सांसदहरु बीच निलम्वित प्रधानन्यायधीश राणासँग गोप्य ढंगबाट बयान लिने कि खुल्ला ढंगबाट बयान लिने भन्ने विषयमा मतभेद भएको थियो । समितिमा रहेका नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले खुल्ला रुपमा निलम्वित प्रधान्यायधीश जबरासँग बयान लिनु पर्ने बताएपनि नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा , नेकपा ( माके)का सांसद रेखा शर्मा र नेकपा (एस)का सांसद कल्याणी खड्का बन्द रुपमा बयान लिनु पर्ने पक्षमा उभिएपछि उहाँसँग बयान लिने कार्य निर्धारित समय भन्दा केही ढिलो शुरु भएको थियो । फोटो खिच्न जान दिएपनि त्यसपछि भने त्यहाँ पत्रकारलाई जान दिएको छ ।

नेपाल बार एसोसिएशने गरेको लामो समयको विरोधपछि गत फागुनमा प्रधानन्यायधीश जबरा बिरुद्ध सत्ता गठबन्धनमा रहेका दलका सांसदहरुले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए , जसका कारण प्रधानन्यायधीश जबरा निलम्बनमा पर्नु भएको थियो ।

सो महाअभियोग प्रस्ताव ३ महिना भित्रमा छलफल गरेर टुङ्ग्याउनु पर्नेमा ६ महिनसम्ममा पनि त्यसो नगरिएकोले अब उक्त महाअभियोग प्रस्ताव स्वत: निस्क्रिय भएको कतिपय जानकारको भनाई छ ।

Leave a Reply