जेनजी मुभमेण्ट नेपालले अबैध डिम्ब प्रकरणमा सामेलहरुलाई सत्ताको दुरुपयोग गरि उन्मुक्ति दिने कार्य गरेकोले महान्यायधिवक्ता सविता भण्डारीलाई तत्काल बर्खास्त गर्न प्रभानमन्त्री सुशिला कार्कीलाई आग्रह गरेको छ । अबैध रुपमा किशोरीहरुको डिम्ब निकालेर तस्करी गरेको आरोपमा सीआईबीले केही व्यक्तिलाई मुद्धा चलाउन सिफारिस गरेपनि सो अबैध डिम्ब प्रकरणमा सामेल भएका आफ्ना नातेदारलाई पदको दुरुपयोग गरि मुद्धा चलाउन रोक लगाएर उन्मुुक्ति दिएको भन्ने समाचार सार्वजनिक भएपछि केहीयता महान्यायधिवक्ता भण्डारीको आलोचना भइरहेको छ ।

महान्यायधिवक्ता भण्डारीले भने आफू निर्दोष हुदाहुदैपनि आफूमाथि षडयन्त्र भएको सञ्चार माध्यममा बताएकी छन् ।
यता महान्यायधिवक्ताको कार्यालयले पनि सो निर्णयमा महान्यायधिबक्ता भण्डारीको कुनै भूमिका नभएको स्पष्टीकरण दिएको छ । गत भदौ २९ गते प्रधानमन्त्री सुशिला कार्कीले महान्यायधिवक्ता पदमा भण्डारीलाई नियुक्त गरेकी थिइन् । भण्डारी महान्यायधिवक्ता हुने पहिलो महिला हुन ।






