माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.क‍ो १५औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा महर्जन पुन: चयन

ललितपुर महानगरपालिका-११ मा आफ्नै भवनबाट सञ्चालन भइरहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षता तथा ललितपुर महानगरपालिकाकी उप-प्रमुख मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा २०८१ असोज १७ गते माँ बंगलामुखी फुटसलमा सम्पन्न भय‍ो । साधारण सभाले पुन: अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षतामा सञ्चालक समिति र सुवर्ण शाक्यको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन ग-यो । ४ वर्ष कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्र तण्डुकार, सचिवमा रुजेन्द्रमान श्रेष्ठ , कोषाध्यक्षमा अञ्जु तण्डुकार र सदस्यमा दिनेश महर्जन, मुकेश खड्गी र रविता तण्डुकार हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समिति सदस्यमा करुणा महर्जन र सविता तण्डुकार बज्राचार्य चयन हुनुभएको छ ।

उक्त साधारण सभाको प्रमुख अतिथि शाक्यले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उदघाटन मन्तव्य व्यक्त गर्दै उहाँले कतिपय सहकारी संस्थाहरु समस्यामा परेको समाचार आइरहेको बेलामा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि. राम्रोसँग अगाडि बढेको देख्ता खुशी लागेको बताउनुभयो । सहकारीको आवश्यकता र महत्वको बारेमा चर्चा गर्दै उहाँले ‘ललितपुर महानगरपालिकाले सहकारीको विकास र प्रवर्द्धनमा जोड दिदै आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संस्थाहरुलाई व्यवस्थित र मर्यार्दित ढंगबाट सञ्चालन गराउन लागिरहेको छ’, भन्नुभयो ।

साधारण सभामा ललितपुर महानगरपालिकाका सहकारी शाखाका शाखा अधिकृत चिरञ्जीवी पौडेल, ज्यापू समाज यलका अध्यक्ष सन्तमान महर्जन ,यल अन्तर सहकारी समन्वय समितिका संय‍ोजक रामसुन्दर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाको थप प्रगतिको कामना व्यक्त गर्नुभयो ।

जिल्ला सहकारी संघ लि., ललितपुरकी सञ्चालक तथा कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष शान्तलक्ष्मी खडगी, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की सञ्चालक उर्मिला सापकोटा शाक्य सहित यल अन्तर सहकारी समन्वय समितिमा रहेका सहकारी संस्थाका अध्यक्षहरु लगायतको उपस्थिति रहेको सो साधारण सभामा संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका अध्यक्ष

अधिवक्ता लक्ष्मण महर्जनले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई हृदयदेखि ग्रहण गर्दै सहकारीको भावना अनुरुप विशेष गरी सदस्यहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक विकास गर्ने उद्देश्यले स्थापित यस संस्थाले आर्थिक क्रियाकलापहरु सञ्चालन गरि सदस्यहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको बताउनुभय‍ो । उक्त संस्थाको गतिविधिबारे प्रकाश पार्दै उहाँले ‘सदस्यहरुको आर्थिक उन्नति गर्ने अभिप्रायले स्थापना भएको यो संस्थामा पहिलो आर्थिक वर्षमा कुल शेयर रकम रु.११,४९,५०० सहित कुल सम्पत्ति रु.१८,८५,३०० रहेकोमा हाल कुल शेयर रकम रु.४,१४,६९,००० सहित कुल सम्पत्ति रु.४१,४१६१,९५३ पुगिसकेको छ’, भन्नुभयो ।

उक्त संस्थाका सचिव रुजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको साधारण सभामा सो संस्थाकी क‍ोषाध्यक्ष अञ्जु तण्डुकाले संस्थाको आर्थिक प्रतिवेदन र लेेाखा् सुपरीवेक्षण समिति संयोजक सुवर्ण शाक्यले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाले ती प्रतिवेदनहरु पारित ग-यो ।

सो संस्थाका व्यवस्थापक सुनिल महर्जनले संयोजनकारी भूमिका निर्वाह गर्नुभएको साधारण सभामा त्यस संस्थाका उत्कृष्ट बचतकर्ता सदस्ष विना महर्जन, उत्कृष्ट ऋणी सदस्य सविना महर्जन र उत्कृष्ट कारोबार गरेको कोन्ती सक्रिय महिला बचत समूहलाई सम्मान गर्नुका साथै संस्थाकी सह-लेखापाल रश्मि महर्जनलाई उत्कृष्ट कर्मचारी सम्मान गरियो । साधारण सभामा संस्थाका सदस्यहरुका छोराछोरीमध्ये २०८० सालको एसईई(SEE)मा उत्कृष्ट जीपीए (GPA)का साथ उत्तीर्ण भएका सारा डंगोल, एल्भिन महर्जन, अनुष्का तण्डुकार प्रहिशा बज्रचार्य , अनिभा रत्न बज्राचार्य,आर्यनमान श्रेष्ठ,स्पन्दन श्रेष्ठ,आइशा खड्गी,राहुल श्रेष्ठ,अरपिका तण्डुकार,सुप्रिना महर्जन र रविन्द्र घलेलाई पुरस्कार सहित सम्मान गरियो ।

साधारण सभामा नेवा: आइडलमा सहभागी त:ननी बचत तथा ऋण सहकारी संस्था लि.का सचिव रत्नमान महर्जनले स्वागत गीत गाएर आफूलाई भोट गर्न अनुरोध गर्नुभयो । नृत्य र गायन सहित सांस्कृतिक कार्यक्रम सम्पन्नन् भएको साधारण सभाका अध्यक्ष महर्जनले प्रमुख अतिथि र विशेष अतिथिलाई मायाको चिनो प्रदान गर्नुभयो ।

समुदायमा आधारित रहेेर सञ्चालन भइरहेको यो संस्था सदस्यहरुको मर्म र भावनालाई आत्मसात गरेर राम्रोसँग सेवा प्रवाह गरिरहेको जानकारहरु बताउछन् ।

साधारण सभाको झलक

……………………………………………………………………………………………

Leave a Reply

Your email address will not be published. Required fields are marked *