माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को २४औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौंको रिङ्रोड ढुङ्गेधारास्थित अन्नपूर्ण चोकमा आफ्नै सुबिधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को २४औँ वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलको अध्यक्षता तथा संविधान सभा सदस्य एवं पूर्व मन्त्री चम्पादेवी खड्काको प्रमुख आतिथयतामा २०८० मंसिर २३ गते शनिबार बनस्थली खरिबोटमा सम्पन्न भयो ।

सो साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि खडकाले ‘हुने खानेका लागि मात्रै ह‍ोइन, हुँदा खानेका लागि पनि समान व्यबहार गर्न सहकारी निर्माण गरिएकोले यसलाई राम्रो बनाउन सहकारीमा रहेका सबै जना लाग्नु पर्दछ’, भन्नुभयो । उहाँले विश्वव्यापी रुपमा बढिरहेको मन्दी र कतिपय सहकारी संस्थामा भएका आर्थिक अनियमितता र भ्रष्टाचारले गर्दा सहकारीप्रति मानिसहरुमा नकारात्मक सोच बढिरहेको यस्तो विषम परिस्थितिमा पनि माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्न सकेको र यसका सबै सूचकाङ्क राम्रो रहेेछन् भन्दै प्रशन्शनता व्यक्त गर्नुभयो ।

यसैगरी सााधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुबेदीले बिगत २ वर्षदेखि मुलुकले झेलिएको आर्थिक मन्दी अझै एक वर्ष रहने भएकोले सबैले ह‍ोसियारीपूर्वक आफ्नो आर्थिक काम गर्नु पर्ने बताउनुभयो । अमेरिकामा वर्षमा ३/४ वटा बैंक डुब्ने र आज खर्वपति रहेको मान्छे भोलिपल्ट टाठ पल्टेर सडकमा आउन सक्ने अवस्था भएपनि नेपालमा भने त्यस्तो छैन भन्दै उहाँले नेपाल राष्ट्र बैंकमा १० महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको र तरलताको अवस्था पनि रामो छ तर निर्माण लगायतका क्षेत्रको सरकारी खर्च हुन नसक्ता समस्या आएको छ’,भन्नुभयो । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले शेयर कारोबार बढ्न थालेको भन्दै उहाँले ‘आर्थिक मन्दीको विषम अवस्थामा पनि आफ्ना शेयर सदस्यहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्न सफल माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफू सुरक्षित रहन बचत र ऋण कारोबार कम गर्ने गरी गरेको कार्य राम्रो हो र अब सदस्यहरुले यो संस्थाबाट ऋाण प्रवाह र यसमा बचत गर्ने कार्यमा विशेष ध्यान दिनुपर्छ’, भन्नुभयो ।

यस्तै साधारण सभामा शुुुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेलले सहकारी संघ/ संंस्थाका सञ्चालकमा भिजन, सदस्यहरुको सक्रिय सहभागिता र कर्मचारीमा इमान्दारिता र लगनशीलता हुनुपर्नेमा यी तिनै गुण माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.मा रहेका छन् , यो संस्थाका सबै सुचकाङ्क राम्रा छन् र यो संस्था सुरक्षित रुपमा अगाडि बढिरहेको छ भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले ‘देेेशभर रहेका ३१ हजार सहकारी संघ/ संस्थामध्ये सहकारी सिदधान्त,मुल्य र मान्यता विपरीत कार्य गरेका २०० वटा जति संस्थामा समस्या देेखिएको छ र यो सामान्य कुरा हो’, भन्नुभयो ।

त्यसैगरी साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै त्यसै संस्थाका सल्लाहकार समेत रहेका शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्माले आर्थिक मन्दीको समयमा पनि माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. प्रगतिपथमा अगाडि बढ्न सफल भएको देख्ता खुशी लागेको बताउदै स‍ो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।

साधारण सभामा त्यसै संंस्थाका अध्यक्ष शर्माले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी आन्दोलनबाट शेयर सदस्यहरुको सामाजिक र आर्थिक रुपान्तरण गर्न छुट्टै पहिचान बोकेेर स्थापित भएको यस माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.का शेयर सदस्य ज्यूहरुको सक्रिय सहभागिता र कर्मचारीहरुको मेहनत र लगनशीलताले हाम्रो यो संस्था आर्थिक मन्दीको विषम परिस्थितिमा पनि प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै त्यसका लाागि सबैमा धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले यो संस्थाको कुल शेयर पूँजी रु ५ करोड, जारी शेयर पूँजी रु.४ कर‍ोड र २०८० आषाढ मसान्तसम्म शेयर पूँजी रु.३,१४,८९,४०० , आर्थिक वर्ष २०७९/०८० मा कुल निक्षेप रु.३८,५७,१४,२४९/७४, कर्जा लगानी रु.३१,९४,६७,४८६/९० जगेडा क‍ष तथा अन्य कोष समेत गरी कुल कोष रु.७७,४६,७८१ , कर्जा जोखिम कोष रु.४०,५१,२७१/८१ र कुल कारोबार रु.४२,९५,५८,८९२/२१ रहेको बताउनुभयो ।

साधारण सभामा संंस्थाका सचिव एकनारायण उपाध्यायले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित कार्यक्रम र बजेट प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्था र गतिबिधिबारे प्रकाश पार्नुभयो । उहाँले जीवन स्वस्थ भयो भने मात्रै धेरै काम गर्न सकिने भएकोले सबैलाई नियमित रुपमा योग, ध्यान र प्रणायम गर्न आग्रह गर्नुभयो ।

त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक युद्धविलास न्यौपानेले संस्थाको लेेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९/०८० मा यस संस्थामा आम्दानी रु.७,४०,००,०००, खर्च रु.६,८८,००,००० र मुनाफा रु.५२,००,००० रहेको बताउनुभयो ।

शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरिएको थियो ।

साधारण सभामा स्वागत मन्तब्य व्यक्त गर्दै उक्त संस्थाका सञ्चालक भक्तराज भुसालले यस माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. समुदायमा आधारित संस्था भएको हुनाले यसले सदस्यहित एवं समाजसेवाका साथै सामाजिक क्षेत्रमा कार्यक्रमहरु सञ्चालनका लागि रु.६० लाख पु-याउने लक्ष्यका साथ स्थापना गरिएको माउण्ट धौलागिरी फाउण्डेसन अक्षय कोषमा रु.५० लाख ४० हजार मुद्दती तथा बचत खातामा जम्मन भएको र आगामी दिनमा यसलाई बढाएर रु.१ करोड पु-याउने विचार व्यक्त गर्नुभयो ।

उक्त संस्थाका प्रबन्धक रामचन्द्र पौडेलले समन्वय गर्नु भएको त्यस साधारण सभामा २०७९ सालको एसईई (SEE)मा उत्कृष्ट जीपीए(GPA) का साथ उत्तीर्ण भएका आविस्कार पौडेल, प्राप्ति पौडेल र हसुमी ज्वारचनलाई प्रमाण-पत्र सहित नगद पुरस्कार प्रदान गरी सम्मान गरियो ।

त्यसैगरी उक्त सााधारण सभाका अध्यक्ष शर्माले प्रमुख अतिथि खड्कालाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो ।

विभिन्न सहकारी संघ /संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, पूर्व प्रशाशक,शिक्षा, स्वास्थ्य , न्याय तथा सामाजिक क्षेत्रमन सम्बद्ध व्यक्तिहरुको आतिथ्यता रहेको यो साधारण सभामा नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदी , सह-प्राध्यापक शारदा कुँवर, शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा ,विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी , माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.का ८४ वर्षीय जेष्ठ शेयर सदस्य जगदिश महर्जन, शेयर सदस्य सरोजकुमार श्रेष्ठ र कर्मचारी गीता श्रेष्ठलाई प्रमुख अतिथि खड्कनले मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *