मुक्ति साकोसले शेयर सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ : महर्जन

ललितपुर महानगरपालिका-१५, सातद‍ोबाटोमा कार्यालय रहेको मुक्ति बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांंश वितरण गरेको जनाएको छ । उक्त संस्थाकी व्यवस्थापक नानीकेशरी महर्जनले २०८० पौष २८ गते सम्पन्न भएको यस संस्थाको १८औँ वार्षिक सााधारण सभाले गरेको निर्णय अनुसार शेयर सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांंश वितरण गरेको अलगपथलाई बताउनुभयो । हाम्रो यो संंस्थाको उठ्न नसक्ने अवस्थाको खराब ऋण नरहेको र यश संस्थामा २२.२३ प्रतिशत तरलता रहेको बताउदै उहाँले ‘जगेडा तथा अन्य कोषमा रु.४४,२९,५७५ रहेको यो संस्थामा २०८० असार मसान्तसम्म शेयर पूँजी रु.१,५५,८५,५००, बचत संंकलन रु.७,३७,२२,३५२, ऋण लगानी रु.८,३०,६५,८७१ र कूल सम्पत्ति तथा दायित्व रु. ९,६३,९०,४३९ रहेको थियो भने यतिबेला शेयर पूँजी रु.१,५७,६२,६०० , बचत संकलन रु.७,४७,३९,०९३ , ऋण लगानी रु.७,९५,७०,१४१ र कूल सम्पत्ति तथा दायित्व रु.९,७६,९६,५५१ रहेको छ’, भन्नुभयो । ललितपुरको साविकका चापागाउँ, ठेचो, सुनाकोठी र हरिसिद्धि गा.वि.स. तथा हालको ललितपुर महानगरपालिका वडा नं.१५ मा कार्यक्षेत्र रहेको यस संंस्थाले आफ्ना शेयर सदस्यहरु बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले गोदाबारी नगरपालिकाका मेयर गजेन्द्र महर्जन सहित यसै संंस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्यहरु र कर्मचारीहरुको उपस्थितिमा ललितपुरको झरुवाराशीमा २०८० माघ २० गते वनभोज कार्यक्रम आय‍ोजना गरेको थियो भने निकट भविष्यमा सहकारी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ’, उहाँको भनाइ छ ।

Leave a Reply