नेपाल कम्युनिष्ट पार्टीले मुलुकमा विद्यमान समस्याको निकास राष्ट्रिय राजनीतिक सम्मेलनबाट मात्र हुन सक्ने धारणा सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले सो पार्टीको सचिवालयको परामर्श बैठकको निर्णय सार्वजनिक गर्न जारी गर्नु भएको प्रेस विज्ञप्तिमा संसद पुनर्स्थापना, संसदको चुनाव वा मृत संविधान व्युझाउने जस्ता बासी कुराले समस्याको समाधान गर्दैन भन्नुभएको छ । देशमा विकास भएको विषम परिस्थिति र बाह्य हस्तक्षेपको डर लाग्दो अवस्थाबाट देशलाई जोगाउन राजनीतिक शक्तिहरुको राष्ट्रिय सहमती अपरिहार्य भएको धारणा व्यक्त गर्दै अध्यक्ष कट्टेलले ‘राष्ट्रिय राजनीतिक सम्मेलन, राजनीतिक अन्तरिम राष्ट्रिय सरकार, जनसंविधान निर्माण र यश अन्तर्गतको निर्वाचन तत्कालको समस्याको शान्तिपूर्ण समाधानको एक मात्र बाटो हो’, भन्नुभएको छ । एक प्रसङ्गमा उहाँले हामीले हाम्रा दुबै छिमेकी देशसँग समसामिप्यतामा रहेर अगाडि बढ्ने गरि हाम्रो देशको परराष्ट्र नीति निर्माण गर्नु पर्ने अलगपथलाई बताउनुभयो ।






