मूलबाटो आयो

पुष्पलाल विचार प्रवर्धन केन्द्रको मुखपत्र ‘मूलबाटो’ पाठकमाझ आएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको १०१औं जन्मदिन तथा राष्ट्रिय धान दिवसको अवसर पारेर काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगर-ओमवस्तीस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पुष्पलाल विचार प्रवर्धन केन्द्रको मुखपत्र मूलबाटोको पहिलो अंक विमोचन गरियो । पुष्पलाल विचार प्रवर्धन केन्द्रका अध्यक्ष खेमनारायण ढुंगानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्षद्वय रामबहादुर भण्डारी र प्रा.डा.शम्भु कट्टेल लगायतले मूलबाटो विमोचन गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एके कार्कीले सञ्चालन र पुष्पलाल विचार प्रवर्धन केन्द्रकी केन्द्रीय सदस्य भवानी के.सी.ले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्षद्वय भण्डारी र प्रा.डा. कट्टेल तथा पुष्पलाल विचार प्रवर्धन केन्द्रका केन्द्रीय उपाध्ययक्ष डा.भगवानचन्द्र ज्ञवालीले मूलबाटोका साथै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपाली राजनीति तथा कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको बारेमा प्रकाश पार्नुभयो । कार्यक्रमका अध्यक्ष ढुंगानाले पुष्पलाल विचार प्रवर्धन केन्द्र स्थापना हुनुको कारणबारे चर्चा गर्दै मूलबाटो नियमित रुपमा प्रकाशन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *