मोरोक्कोलाई हराएर क्रोएसिया कतार विश्वकप फुटबलमा तेश्रो भयो

मोरोक्कोलाई २-१ गोल अन्तरले पराजित गरी क्रोएसियाले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको तेश्रो स्थान सुरक्षित गरेको छ ‌। केहीबेर अगाडि सकिएको सो खेलको शुरुदेखि नै क्रोएसियाले आक्रमक खेल खेलेको थियो । खेलको ७औं मिनेटमा क्रोएसियाका जोस्को भ्लाडिओलले गोल गरी क्रोएसियालाई अग्रता दिलाए तर खेलको ९औं मिनेटमा मोरोक्कोका अचरफ दारीले गोल गरी खेल बराबरीमा फर्काए । निके प्रतिस्पर्धात्मक खेलको ४२औं मिनेटमा क्रोएसियाका मिस्लाभ दारीले गोल गरी क्रोएसियाको जीत सुनिश्चित गरे ।

खेलको ४२औं मिनेटमा क्रोएसियाका मिस्लाभ ओर्सिचले प्रहार गरेको बल मोरोक्कोको गोल पोष्टमा लागेर गोलमा परिणत भयो , जसलाई रोक्न मोरोक्कोका गोल रक्षक यासिन बोनो असफल भए । खेलमा क्रोएसिया र मोरोक्कोका खेलाडीले गोल गर्ने केही अवसर सृजना गरेपनि गोल गर्न भने सकेनन् ।

यो विश्वकपको क्वाटर फाइनल चरणसम्म अपराजित मोरोक्को सेमीफाइनल र आजको खेलमा पराजित भएर घर फर्किएको छ भने यो विश्वकपमा सेमीफाइनल चरणमा मात्रै पराजित क्रोएसिया त्यस बाहेकका सबै खेलमा अपराजित भई यो विश्वकप फुटबलको तेश्रो स्थान सुरक्षित गरेर घर फर्किएको छ । आज सम्पन्न तेश्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले दमदार खेल खेलेर विश्व फुटबल जगतमा आफ्नो दबदबा कायमै राखेको सन्देश प्रवाह गरेको छ ।

Leave a Reply