म्याग्दीको रुममा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ जना बेपत्ता

बेनी/ वर्षातका कारण म्याग्दीको मालिका गाउँपालिका-२, रुममा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ ‌‌। घरभन्दा माथिबाट आएकै पहिरोमा परी मृत्यु हुनेमा १५ वर्षीय नवीन वि.क. र १३ वर्षीय राजन वि.क. रहेको बताइएको छ । पहिरोमा परी बेपत्ता भएका घामबहादुर वि.क. उनकी श्रीमती र ७ बर्षीय छोरीको प्रहरी तथा स्थानीयबासीहरुले खोजी गरिरहेको प्राप्त खबरमा उल्लेख छ ‌। पहिरोले ३ वटा घर पुरेको प्रहरीको भनाई छ ।

केही दिनदेखिको लगातारको वर्षातका कारण बिभिन्न नदी तथा खोलाको सतह बढेको छ भने विभिन्न स्थानमा पहिरो गएका छ ।

भोलिबाट भने मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

………………………………………………………………………….

Leave a Reply