यादवद्वारा मुख्यमन्त्री पदबाट राजीनामा :३ दिनभित्र दावी पेश गर्न मधेश प्रदेश प्रमुखको आह्वान

मधेश प्रदेश सभामा बहुमत जुटाउन सफल नभएपछि अन्तत मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै: आज मधेह प्रदेशका मुख्यमन्त्री सर‍ोजकुमार यादवले आज मुख्यान्त्री पदबाट राजीनामा दिनुभएको छ । आज अपरान्ह बसेको मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । उपसभामुख बबिता कुमारी राउत ईशरको अध्यक्षतामा बसेको सो बैठकमा उहाँले विपक्षी दलहरुप्रति असन्तुष्टी व्यक्त गर्नुभएको थियो । सो बैठकमा विपक्षी दलका प्रदेश सभा सदस्यहरु उपस्थिति थिएन । आज विहान आह्वान गरिएको मधेश प्रदश सभाको बैठकमा मुख्यमन्त्री यादव सहित नेकपा (एमाले)का मधेश प्रदेश सभा सदस्यहरु अनुपस्थित भएको प्रतिक्रिया स्वरुप:विपक्षी दलहरुका प्रदेश सभा सदस्यहरु मधेश प्रदेश सभाको पछिल्लो बैठकमा अनुपस्थित भएको बताइएक‍ो छ ।

यता सरोजकुमार यादवले मुख्यमन्त्री पदबाट आफूसमक्ष दिएको राजीनामा मधेश प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले आजै स्वीकृत गरि सर्वोच्च अदालतको परमादेश अनुरुप नेपालको संविधान,२०७२ को धारा १६८ को उप-धारा २ बमोजिम २०८२ मंसिर १८ गते शुक्रबार दिनको ५ बजेभित्र दुई वा दुई बढी दलहरुकोसमर्थन जुटाई नयाँ मधेश प्रदेश सरकार गठनका लागि दावी पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको मुख्यमुन्त्री कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *