नेपाल सरकार , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुकम्यासेञ्जर, युटुब, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल बन्द गरेसँगै व्यवसायीहरु समस्यामा परेको देखिएको छ । सामाजिक सञ्जाल बन्दले विदेशमा रहेका सन्तति र आफन्तसँग कुरा गर्न नसकिएको धेरैले गुनासो थरेका छन् । उनीहरुले नेपाल सरकारले सामाजिक सघ्जालको प्रयोगलाई बन्द गर्ने नभई कानून बनाएर नियमन गर्न माग गरेका छन् ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध जेञ्जी- जेड सडकमा
नेपाल सरकारले गरेको सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध जेञ्जी-जेडले काठमाडौ, इटहरी लगायतका शहर आजबाट सडक संघर्ष शुरु गरेका छन् । संघर्षमा विशेष गरि १७ देखि २८ वर्षका युवाहरुको उपस्थिति बढी हुने जानकारहरु बताउछन् । यो संघर्षको नेतृत्व कसले हातमा लिने भनेर चलखेल हुन थालेको देखिएको छ ।





