यो वर्षको फाल्गुण १ गते सार्वजनिक बिदा नहुने

गृह मन्त्रालयले माओवादी जनयुद्ध दिवसको अवसरमा यस वर्षको फल्गुण १ गते सार्वजनिक बिदा नहुने जनाएको छ । आज गृह मन्त्रालयले जारी गरेको सूचनामा सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान स्वरुप सो निर्णय गरिएको जनाइएको छ ।

२०५२ साल फाल्गुण १ गते तत्कालीन नेकपा (माओवादी)ले शुरु गरेक‍ दीर्घकालीन जनयुद्ध शुरु गरेको सम्झनामा नेपाल सरकारले गत वर्ष फाल्गुण १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको थियो । जसको विरोध र समर्थन भएको थियो । त्यसको विरोध गरेेकाहरु सडकबाट अदालतसम्म पुुगेका थिए ।

Leave a Reply