राजतन्त्र अन्त्य भएपनि सामन्ती उत्पादन सम्बन्ध कायमै छ : ऋषि कट्टेल

नेपाल कम्युनििष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले “राजतन्त्रको अन्त भएपनि हाम्रो देशको जमिनमा सामन्ती उत्पादन सम्बन्ध कायमै छ , जसले वास्तविक किसानहरु मारमा परेको बताउनुभएको छ । बिहीबार काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा रहेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय भवनमा पुष्पलाल विचार प्रवर्धन केन्द्रले आयोजना गरेको नयाँ जनवाद कि समाजवाद विषयक अन्तरक्रियात्मक गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले राजतन्त्र अन्त हुदैमा नेपालमा जनवादी क्रान्तिको चरण पूरा भएको छैन र संसदवादबाट नयाँ जनवाद या समाजवाद नआउने बताउदै “परिवर्तनका पक्षधरहरु एकजुट भएर संसदवादको अन्त गरौं र त्यसपछिको बस्तुगत अवस्था अनुरुपको काम गरे भइगो नि “, भन्नुभयो ।

सो गोष्ठीको अध्यक्षता गरेका पुष्पलाल वििचार प्रवर्धन केन्द्रका अध्यक्ष

खेमनारायण ढुंगानाले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै “संसदबाट समाजवादमा रुपान्तरित भएको विश्वमा काहीपनि छैन र संसदवादीहरुले भनेको समाजवाद नेपालमा लागु हुन सक्ने अवस्था छै’न”, भन्नुभयो ।

सो कार्यपत्रमाथि टिप्पणी गर्द नेकपा (बहुमत)का महासचिव

धर्मेन्द्र बास्त‍लाले पहिला समाजवादी क्रान्ति पूरा गरौं अनि त्यसपछि नयाँ जनजादका काम गरौंला”, भन्नुभयो । उहाँले ढुङ्गे युगको विकाससँगै पूँजीवादको विकास भएको बताउनुभयो ।

उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै

प्रा.डा. केशव खड्काले स्थानीय जनसत्ता निर्माण विना नयाँ जनवादी व्यवस्था स्थापना भएपनि त्यसलाई टिकाउन कठिन हुने भएकोले कुनै गाउँ छनौट गरि कम्युनिष्टले उत्पादनमुलक कार्य गरेर आफ्नो उत्पादनको नमुना देखाउनु पर्ने बताउनुभयो । उहाँले माइलदाइ.(पुष्पलाल)ले भनेको सिद्धान्त, संगठन र संघर्षसँगै जनसहभागिता पनि कम्युनिष्टहरुको प्रमुख विषय बन्नु पर्नेमा जोड दिनुभयो ।

यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सचिवालय सदस्य

रामबहादुर बुढाले उक्त कार्यपत्रमा समावेश भएका विषयबस्तुलाई समर्थन गर्दै नयाँ जनवादी चरण पूरा भएर मात्र समाजवादमा पुग्न सकिने बताउनुभयो ।

यस्तैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल(समाजवादी)का अध्यक्ष

नरेन्द्र सीले अहिलेकै संंवैधानिक व्यवस्थालाई उपयोग गरि वैज्ञानिक समाजवादमा पुग्न सकिने धारणा व्यक्त गर्नुभयो ।

पुष्पलाल विचार प्रवर्धन केन्द्रका केन्द्रीय सदस्य कृष्णहरि भट्टले सञ्चालन गरेको उक्त गोष्ठीमा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष प्रा.डा.शम्भु कट्टेलले समसामयिक विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

छलफलका लागि उक्त गोष्ठीमा प्रस्तुत भएको कार्यपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *