अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल

काठमाडौं / नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चलन भएकी छन् । सो संगठनका अध्यक्ष ऐन महर लगायतले बिदा लिएपछि आज बसेको उक्त संगठनको केन्द्रीय सचिवालयको बैठकबाट बराल अध्यक्ष चयन भएकी हुन् । त्यस संगठनको वरिष्ठ उपाध्यक्षमा आर.सी. लामिछाने , उपाध्यक्षमा कल्पना वाइबा र महासचिवमा स्रमिक बडाल चयन भएको जनाइएको छ ।

अनेरास्ववियुको इतिहासमा सो संगठनको अध्यक्ष हुने बराल तेस्रो महिला बनेकी छन् ‌‌। यस अगाडि रामकुमारी झाक्री र नवीना लामा त्यस संगठनको अध्यक्ष बनेका थिए । झाक्री र लामा दुबै जना प्रतिनिधिसभा सदस्य छन् तर हाल झाक्री नेकपा (एस) र लामा नेकपा (एमाले)मा छन् ।

Leave a Reply