अन्तर्राष्ट्रिय श्रमिक दिवसमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा (मशाल) बीच एकता हुने

यही बैशाख १९ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा म‍ोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र सन्तबहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मशाल) बीच एकता हुने समझदारी भएको बताइएको छ ।

ती दुई पार्टी बीच बिगत लामो समयदेखि एकताको पहल हुँदै आएको नेताहरुले बताएका छन् । यस अघि मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) बीच एकता भएको थियो र ती दुई पार्टीसँगै सन्तबहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मशाल) बीच पनि एकता हुने बताइएपनि नीतिगत कुरा नमिल्दा त्यसबेला सन्तबहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मशाल) स‍ो एकता प्रक्रियामा सामेल भएन । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच मात्रै एकता भएपछि एकीकुत पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल राखिएको थियो भने सो पार्टीको अध्यक्ष मोहन वैद्य ‘किरण’ र प्रबक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ बनेका थिए ।
त्यस अघि गलत बाटोमा गएको भन्दै मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल)बाट विद्रोह गरेका नेता कार्यकर्ताहरुले सन्तबहादुर नेपालीको नेतृत्वमा नेकपा (मशाल) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विद्र‍‍ोह गरेका नेता कार्यकर्ताहरुले धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को नेतृत्वमा नेकपा (बहुमत) बनाएका थिए ।

धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र सी.पी. गजुरेल असन्तुष्ट

पार्टी एकताको समयमा एकीकृत पार्टीको एकताको सम्मेलन या महाधिबेशनपछि आफूलाई अध्यक्ष बनाउने एक खालको सहमती भएपनि पछिल्लो समय अध्यक्ष म‍ोहन वैद्य ‘किरण’ले नेता हेमन्तप्रकाश ओलीलाई आफ्नो उत्तराधिकारीको रुपमा अगाडि बढाएको भन्दै त्यसप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपालका प्रबक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत असन्तुष्ट बन्दै गएको जानकारहरु बताउछन् । त्यही सो पार्टीका सबैजसो भातृ संगठन बीच एकता भएपनि किसान संगठनबीच एकता हुन नसकेको जानकारहरुको भनाइ छ । अध्यक्ष बैद्यले नेता ओलीलाई भावी अध्यक्षको रुपमा अगाडि बढाउन खोजेपछि त्यसप्रति त्यसै पार्टीका अर्का नेता सी.पी. गजुरेल पनि असन्तुष्ट बनेको श्रोतको भनाइ छ । उक्त पार्टभित्र पार्टीक‍ो मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवादसँगै माओवाद राख्ने कि माओविचारधारा राख्ने भन्ने विवाद कायमै छ ।

Leave a Reply