आजबाट निर्वाचनको मौन अवधि शुरु , आजैबाट मदिरा विक्री बन्द

आजबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मौन अवधि शुरु भएको छ । मौन अवधि शुरु भएसँगै निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन । निर्वाचन शुरु हुनुभन्दा ४८ चण्टा अगाडिदेखि कोही कसैले कुनै उम्मेद्वारको पक्षमा मत मागेको भेटेमा त्यस्ता व्यक्तिलाई नियमनकारी निकायका कर्मचारी या अनुगमनकर्ता अधिकारीले रु.२५ हजारसम्म जरिवाना गर्न सक्ने कानुनी प्रावधान छ । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिमा कसैले अवाञ्छित क्रियाकलाप/गतिविधि गरेमा कडा कारवाही गर्ने बताउदै सबैलाई निर्वाचन आचार संहिताको परिपालना गर्न अनुरोध गरेको छ तर कतिपय जानकारहरु भने विगतमा निर्वाचनको मौन अवधिमा कतिपय उम्मेद्वार र तिनका समर्थकहरुले मतदातालाई पैसा बाढ्ने तथा लोभ लालच र प्रलोभन देखाएर मत किनबेच हुने गरेकाले यो पटकको निर्वाचनको मौन अवधिमा निर्वाचन आचार संहिताको परिपालना पूर्ण रुपमा हुनेमा आशंका व्यक्त गर्छन् । उनीहरुको यो आशंका राज्यका नियमनकारी निकायले कसरी निवारण गर्छन , त्यो त यो अवधिमा देखिने नै छ ।

निर्वाचन आयोगले आजैबाट निर्वाचन सम्पन्न नभएसम्म मदिरा विक्री बन्द गरेको जनाएको छ तर विखतका निर्वाचनको मौन अवधिमा पनि लुकिछिपी मदिरा विक्री भएकाले निर्वाचन आयोगको मदिरा विक्रीमा लगाएको प्रतिबन्द कति कार्यान्वयन हुने हो , त्यो त देखिने नै छ ।

निर्वाचनको आचार संहिता उलंघन गरेका म्याग्दी र नवलपरासीमा दुई जना मतदान अधिकृतबाट निस्कासित

निर्वाचन आचार संहिता पालना नगरेका कारण बिहीबार म्याग्दी र नवलपरासीका दुई जना मतदान अधिकृत कारवाहीमा परी मतदान आधिकृतको जिम्मेवारी निस्कासित भएको जनाइएको छ । म्याग्दीको धौलागिरी गाउँपालिका -५ , मलम्पारस्थित महेन्द्र आधारभूत विद्यालयको मतदान केन्द्रका मतदान अधिकृत नवीन कार्कीले निर्वाचन आचारसंहिता उलंघन गरी म्याग्दीका प्रतिनिधि सभाका नेकपा (एमाले)का उम्मेद्वार हरिकृष्ण श्रेष्ठलाई मत मागे पछि कार्कीलाई निस्काशन गरी त्यहींका सहायक मतदान अधिकृत विष्णुप्रसाद पौडेललाई मतदान अधिकृतको जिम्मेवारी प्रदान गरे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आचार संहिता उलंघन गरी उम्मेद्वारको पक्षमा मत मागेको उजुरी परेपछि छानविन गर्दा म्याग्दीको मालिका गाउँपालिका-४, ओखरबट मा.वि.का प्रधानाध्यापक समेत रहेका कार्कीको फेसबुक पेजमा नेकपा (एमाले)का उम्मेद्वारलाई जिताउन अपिल गरेको सामाग्री शेयर गरेको भेटिएको बताइएको छ । त्यस्तैगरी नवलपरासीको सुनवल नगरपालिकाको सेमराहनास्थित वाक्वाणी मा.वि.को मतदान केन्द्रका मतदान अधिकृत पृथ्वीराज चौधरीले मादक पदार्थ सेवन गरी अभद्र व्यवहार प्रदर्शन गरेकाले चौधरीलाई मतदान अधिकृतको जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचनको कार्यालयले जनाएको । अभद्र व्यवहार प्रदर्शन गर्न चौधरीलाई फ्रहरीले तत्कालै प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

योसँगै निर्वाचन सम्पन्न गराउन खटाइएका राष्ट्रसेवक कर्मचारी र शिक्षकहरुको आचरण र निष्पक्षतामा प्रश्न खडा भएकोले उनीहरु माथि विशेष निगरानी गर्नु पर्ने आवाज उठेको देखिएको छ ।

बिहीबार अन्तिम दिन मागे उम्मेद्वारहरुले मत

निर्वाचन प्रचार प्रसारको अन्तिम दिन बिहीबार राजनीतिक दलहरुका तथा स्वतन्त्र उम्मेद्वारहरु र तिनीहरुका समर्थकहरुले मतदातासँग मत मागे । उनीहरुले आफूले चुनाव जितेमा गर्ने कामको बारेमा मतदाता समक्ष फेहरिस्त प्रस्तुत गरेका थिए भने राजनीतिक दलका शीर्ष नेताहरुलाई पनि मत माग्न भ्याइनभ्याई थियो ।

उम्मेद्वारहरुले मतदाताहरुका लागि गाडी रिजर्भ गर्दा बस व्यवसायीलाई राहत

प्रतिनिधि सभा र प्रदेश सभाका अधिकांश उम्मेद्वारले काठमाडौं उपत्यका सहितका शहरमा रहेका आफ्ना समर्थक मतदाताहरुका लागि बस/माइक्रो बस रिजर्भ गर्ने तथा कसैलाई हवाई जहाज या बस/ माइक्रोबस लगायतको टिकट गरी दिदा यातायात व्यवसायीहरुले राहतको सास फेरेको बताएका छन । मतदानका लागि एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्ने मानिसहरुको संख्या बढेका कारणले गर्दा केही दिन यता हवाई जहाज तथा बस/माइक्रो बस लगायतका सवारी सादनमा यात्रुको चाप बढेको देखिएको छ ।

Leave a Reply