आज उपराष्ट्रपतिको निर्वाचन हुने

आज उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । उक्त निर्वाचन सम्पूर्ण तयारी पूरा निर्वाचन आयोग ,नेपालले जनाएको छ । काठमाडौको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने र मतदान सकिए लगत्तै मतगणना गरी आजै साझ नतिजा सार्वजिक गर्ने निर्वाचन आयोग ,नेपालका अधिकारीहरुको भनाई छ ।

नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य , जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादव तथा सोही पार्टीकी सांसद प्रमिलाकुमारी यादव र जनमत पार्टीकी पार्टीकी ममता झा उपराष्ट्रपति पदक‍ उम्मेद्वार हुनुहुन्छ तर उपराष्ट्रपति पदकी उम्मेद्वार प्रमिलाकुमारी यादवका साथै सत्ता गठबन्धनमा आवद्ध मुख्य दलहरुको समर्थन रामसहायप्रसाद यादवको पक्षमा रहेकोले उपराष्ट्रपति पदमा मुख्य प्रतिस्पर्धा रामसहायप्रसाद यादव र अष्टलक्ष्मी शाक्य बीच हुने देखिएको छ ।

राप्रपाले उपराष्ट्रपति पदमा पनि मतदान नगर्ने

गत फाल्गुण २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा सहभागी नभएको राप्रपाले आज हुन उपराष्ट्रपति पदको निर्वाचनमा सहभागी नहुने जनाएको छ । राप्रपाले मतदान गर्दा नेकपा (एमाले)का राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेद्वारले जित्ने अवस्थामा भने राप्रपाको मतदान प्रक्रियामा सहभागी हुने नीत रहेको उक्त पार्टीका एक नेताको भनाई छ ।

उपराष्ट्रपति पुनले छाडे सरकारी निवास

उपराष्ट्रपति पदक‍ो निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी निवास छाडक‍ बताइएको छ ।

Leave a Reply