यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवंन , नयाँ बानेश्वरमा राष्ट्रपतिको उम्मेद्वार मनोनयन गर्न सकिने निर्वाचन आयोगले जनाएको
यता हिजो निर्माण भएको नेपाली कांग्रेस, नेकपा (माके), जसपा , नेकपा (एस), जनमत पार्टी, लोसपा , नागरिक उन्मुक्त पार्टी र राष्ट्रिय जनमोर्चाको ८ दलीय गठबन्धनले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा उम्मेद्वारको रुपमा अगाडि सारेको छ । आज विहान पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले नेता पौडेललाई राष्ट्रपतिको उम्मेद्वार बनाउने औपचारिक निर्णय गरेको बताइएको छ ।
यसैगरी नेकपा (एमाले)को सचिवालयको बैठकले सोही पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको जनाइएको छ ।
राष्ट्रपतिका उम्मेद्वारद्वय पौडेल र नेम्वाङ दुबै जना सभामुख भई सक्नुभएको छ । पौडेल २०५१ सालमा प्रतिनिधि सभाको सभामुख र नेम्वाङ २०६५ र २०७० सालमा संविधान सभाको अध्यक्ष र व्यवस्थापिका संसदको सभामुख बन्नुभएको थियो । यही मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पौडेल सत्ता गठबन्धनको सहयोगमा नेपाली कांग्रेसको तर्फबाट तनहुँ क्षेत्र नं.१ बाट र नेम्वाङ जसपा, राप्रपा सहितका दलको सहयोगमा नेकपा (एमाले)को तर्फबाट इलाम क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।





