आज ३ बजेसम्ममा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वार विरुद्ध उजुरी गर्न सकिने

आउदो मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ आइतबार मनोनयन भएका उम्मेद्वार विरुद्ध आज ३ बजेसम्म दाबी बिरोध गर्ने समय निर्वाचन आयोगले तय गरेको छ । आईतबार प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ राजनीतिक दलहरुका र स्वतन्त्र उम्मेद्वारी मनोनयन भएको थियो । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फका उम्मेद्वारहरुको मनोनयन भने यस अगाडि नै सम्पन्न भएको थियो ।

Leave a Reply