आफूहरु माथिका झुट्ठा मुद्धा खारेज गर्ने सरकारको निर्णयप्रति विप्लव नेतृत्वको नेकपाले ग-यो स्वागत

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल सरकार , मन्त्रीपरिषदले आफूहरु माथि लागेका झुट्ठा मुद्धा फिर्ता लिने निर्णयको स्वागत गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ती जारी गरी त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा , गृह मन्त्री बालकृष्ण खाण र महान्यायधिवक्ता खम्बसिंह खत्रीलाई धन्यबाद ज्ञापन गर्नु भएको छ ।

नेपाल सरकार , मन्त्रीपरिषदले यही भदौ २७ गते सो पार्टी माथि लागेका झुट्ठा मुद्धा फिर्ता लिने निर्णय गरेको बताइएको छ ।

पूर्ववर्ती ओली नेतृत्वको सरकारका गृह मन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले ३ बुँदे सहमती पत्रमा २०७७ फागुन २१ गते हस्ताक्षर गर्नु भएको थियो ‌‌। सो सहमती कार्यान्वयन हुनु पर्नेमा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका ४ कम्युनिष्ट पार्टीले माग गर्दै आएका थिए । सो ३ बुँदे सहमतीलाई अशर पर्ने गरी गत साउन ९ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड सहितका नेताहरुलाई ३५ दिने पक्राउ पूर्जी जारी भएपछि त्यसको व्यापक विरोध भएको थियो ।

Leave a Reply