आयुष शाहीको संयोजकत्वमा अनेवियूको बागमती प्रदेश संयोजन समिति निर्माण

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी यूनियनको बागमती प्रदेश संयोजन समिति निर्माण गरेको छ । शनिबार ललितपुरमा सम्पन्न सो संगठनको कार्यकर्ता भेलाले आयुष शाहीको संयोकत्वमा बागमती प्रदेश संयोजन समिति निर्माण गरेको जनाइएको छ । त्यस समितिको सचिवमा सुजिता राई तथा सदस्यमा कृषा भट्ट , अब्दिश मगर र कञ्चन लिम्बू रहेको उक्त संगठनले जनाएको छ

उक्त भेलामा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्ट , सोही पार्टीका सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्की , सो पार्टीका केन्द्रीय सदस्य रचना शर्मा तथा उक्त पार्टीका केन्द्रीय सदस्य एवं पिपुल्स फोर्स , नेपालका सह-संयोजक निल गगनले आ-आफ्नो विचार व्यक्त गर्नुभएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *