आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा १,१५,००० म्यादी प्रहरी परिचालन हुने

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण र भय रहित वातावरणमा सम्पन्न गर्न देशभर १,१५,००० म्यादी प्रहरी

सहित नेपाल , प्रहरी , ससस्त्र प्रहरी बल र नेपाली सेना गरी ३ लाख जति सुरक्षाकर्मी परिचालन हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको अग्र भागमा गृह मन्त्रालय र सो अन्तर्गतका निकायका सुरक्षाकर्मी र पछाडिको भागमा रक्षा मन्त्रालय र सो अन्तर्गतका निकायका सुरक्षाकर्मी रहने निर्वाचन आयोगका अधिकारीहरुको भनाई छ ।

निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाई सकिएको बताउदै मतदातालाई कसैको धाक , धम्की , डर , त्रास , लोभमा नपरी निर्धक्क साथ ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताहरुलाई अनुरोध गर्नु भएको छ । उहाँले कुनै मतदाताले मतपत्रमा गरेको संकेतको गोपनियता भंग गरेमा उक्त मतपत्रलाई गणना नगरिने बताउनुभएको छ ।

७८ जना म्यादी प्रहरीलाई कारवाही

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका नियुक्त भई तालिम प्राप्त गरी नेपाल प्रहरीसँग डिउटी गरिरहेका म्यादी प्रहरी मध्ये ७८ जना कारवाही परेका छन् । आचरण विपरीत कार्य गरेकाले उनीहरु कारवाहीमा परेको नेपाल प्रहरीको भनाई छ ।

Leave a Reply