इलाम क्षेत्र नं.२ र बझाङ क क्षेत्रको उप-निर्वाचनमा सेना परिचालन हुने

यही बैशाख १५ गते हुने हुने इलाम क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य र बझाङ क क्षेत्रको सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको उप-निर्वाचनमा २,३०० जना नेपाली सेना परिचालन हुने भएको छ । राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा नेपाल सरकार, मन्त्रीपरिषदले गरेको निर्णय अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज सो उप-निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएक‍ो हो । गत मध्यरातबाट उप-निर्वाचनको मौन अवधि शुरु भएको छ ।

Leave a Reply