ऋषि कट्टेल नेतृत्वको नेकपाले विभिन्न कार्यक्रम गरि ४५औँ पुष्पलाल स्मृति दिवस मनाउने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रम गरी नेकपाका संस्थापक महासचिव पुष्षलालको ४५औँ स्मृति दिवस मनाउने भएको छ । काठमाडौं उपत्यकामा उपलब्ध उक्त पार्टीका सचिवालय सदस्य र केन्द्रीय सदस्यहरुको यही असार १८ गते काठमाडौंमा बसेेेेको संयुक्त बैठकले सो निर्णय गरेको सोही पार्टीका अध्यक्ष ऋषिराम कट्टेलद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यस प्रेस विज्ञप्तिमा उल्लेख भएको सो बैठकको निर्णय यस प्रकार छ ।
१) हालै संसदबाट पारित भएको सरकारको नीति तथा कार्यक्रम र बजेटले पुरानै बोतलमा नयाँ रक्सी भन्ने भनाइलाई चरितार्थ गरेको छ । यसले न राष्ट्रिय पूँजीको विकासमा योगदान दिन सक्दछ, न आम जनताको आधारभूत आवश्यकताको परिपूर्ति गर्न नै सक्दछ । यो केवल दलाल पूँजीवादको स्वार्थ रक्षा गर्ने दस्तावेज हो ।
२) समाजवादी देशभक्त मोर्चाका बर्तमान अध्यक्ष क.विप्लव नेतृत्वको नेकपा संसदवादी शक्तिहरुले निर्माण गरेको समाजवादी मोर्चामा पनि संलग्न रहेको कुराप्रति हाम्रो पार्टीको गम्भिर रुपमा ध्यान आकर्षण भएको छ । समाजवादी देशभक्त मोर्चालाई संसदवाद विरुद्ध केन्द्रित गरि संघर्ष अघि बढाउनु पर्ने बेला संसदवादीहरुसँगको सहकार्यको नीतिले संसदवाद विरुद्धको संघर्षमा भ्रम सिर्जना गरेको छ । समयमै यस सम्बन्धमा सचेत रहन विप्लव नेतृत्वको नेकपालाई यो वैठक आग्रह गर्दछ ।

३) एमसीसी (MCC) पारित भएपछि साम्राज्यवादी हस्तक्षेप व्यापक रुपमा बढेको छ । आइपीएस (IPS) को अङ्गको रुपमा आएको एमसीसी (MCC) विरुद्धको संघर्ष अघि बढाउन सबै साम्राज्यवाद विरोधी देशभक्तहरुलाई पार्टी आह्वान गर्दछ ।
४) २०८० श्रावण ६ र ७ गते क. पुष्पलालको ४५औँ स्मुति दिवस मनाउन हाम्रो पार्टीका उपाध्यक्ष क. रामबहादुर भण्डारीको अध्यक्षतामा सचिवालय सदस्य तथा अखिल नेपाल महिला यूनियनकी संय‍ोजक क.शशिकला घिमिरे , सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष क. एके कार्की, सचिवालय सदस्य तथा अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव क.राजकुमार थापा, केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला समिति संय‍ोजक भवानी के.सी.तथा केन्द्रीय सदस्य तथा पिपुल्स फोर्स नेपालका संयोजक क. उत्सुक कट्टेल र सह-सयोजक क.निलगगन रहेको ७ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । साथै अब आउदा दिनहरुमा संस्थाको स्थापना दिवस वा जन्म दिन मनाउने तर व्यक्तिको जन्म दिवस नमनाउने र स्मुति दिवस मात्र मनाउने पनि बैठकले निर्णण गरेको छ ।

अण्टुफका अध्यक्ष खत्रीलाई मातृ शोक

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल ट्रेड यूनियन महासंघ (ANTUF) का अध्यक्ष राजकुमार खत्रीकी आमा तथा सोही पार्टीकी केन्द्रीय सदस्य मायादेवी राईको सासुआमा हिरामाया घिमिरेको

हिजो बिहान ५:४० धरान उप-महानगरपालिका -१५, बाजागरास्थित खत्री निवासमा ८० वर्षको उमेरमा निधन भएको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्टको भनाइ छ ।

वि.सं.२००० असार २० गते खोटाङको ग‍ोगनेमा जन्मिनुभएकी दिवंगत घिमिरेको वि.सं.२०१६ सालमा खोटाङको रतञ्छा निवासी लालबहादुर खत्री न्यौपानेसँग विवाह भएको थियो । उहाँका ५ छ‍री र दुई छोरा हुनुहुन्छ। दिवंगत धिमिरे लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल , स‍ोही पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल ट्रेड यूनियन महासंघ (ANTUF) का महासचिव राजकुमार थापा लगायतले उहाँको निधनमा शोक प्रकट गर्दै शोकाकुल परिवारजनमा समवेदना दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *