रिक्त रहेको एक वर्षपछि संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले उपाध्यक्ष पाउने भएको छ । यही माघ २३ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट उक्त सभाको रिक्त उपाध्यक्ष पदको चुनाव हुने संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको हिजोको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त सभाको उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम अगाडि बढाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।
गत वर्षको माघ २० गते नेकपा (माके)को तर्फबाट उपाध्यक्ष बनेकी शशिकला दाहालको राष्ट्रिय सभा सदस्यको ४ वर्षे कार्यकाल पूरा भएपछि राष्ट्रिय सभाको उपाध्यक्ष पद रिक्त रहेको थियो तर यो बीचमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष पदको चुनाव गराउन चासो दिनुभएको थियो ।
यता राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको पदाबधि १ वर्षपछि सकिने छ ।





