नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा दीपक धामी र महासचिवमा अञ्जना सिवाकोटी चयन भएका छन् । आज बसेको सो संगठनको पदाधिकारी बैठकले अध्यक्ष डा.सुजन कडरियाले गत भदौं २४ गते अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गरि सोही संगठनका महासचिव दीपक धामीलाई अध्यक्ष र उपाध्यक्ष अञ्जना सिवाकोटीलाई महासचिव चयन गर्ने निर्णय गरेको बताइएको छ ।
अध्यक्ष पदबाट राजीनामा दिएका डा. कडरियाले फेरि उक्त संगठनको अध्यक्ष पदको जिम्मेवारीमा फर्केिन कसरत गरेपनि उनको प्रयास सफल हुन सकेन ।





