एमाले नेता ढुंगेलको पार्थिव शरीर पोसमार्टमको लागि लगियो

आफ्नै घरमा मृत फेला परेका नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पहिलो संविधान सभा सदस्य बालकृष्ण ढुंगेलको पार्थिव शरीर पोसमार्टमका लागि लगिएको छ । केहीबेर अघि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७, थापाचोकमा रहेको ढुंगेलको आफ्नै घरबाट सुरक्षाकर्मीको उपस्थितिमा उहाँको पार्थिव शरीर शव बाहनमा राखेर लगिएको थियो । त्यसबेला त्यहाँ स्थानीयबासी लगायतको भिड लागेको थियो ।

बिगत८/९ महिना अगाडिदेखि सो घर किनेर बसोबास गर्दै आएका नेता ढुंगेल आज बिहान ११ बजेतिर आफ्नै घरमा मृत भेटिएको बताइएको छ । ‘केही समयदेखि अस्वस्थ रहेका ढुंगेलका परिवारका सदस्यहरु आफन्तकोमा टीका लगाउन गएकाले उहाँ मात्र घरमा हुनुहुदो रहेछ, विहान ११ बजेतिर उहाँको साला उहाँका लागि खाना लिएर त्यहाँ पुग्दा उहाँलाई मृत अवस्थामा भेटिएछ ‘, एक स्थानीयले अलगपथलाई बताए ।

केही समयदेखि अस्वस्थ रहेका ढुंगेल आज विहान घरमा मृत भेटिएको स्थानीयबासीले बताएका छन् । नेकपा (एमाले) र नेकपा (माके) बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुनु अघिसम्म नेता ढुंगेल नेकपा (माके)मा हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भई पुन: नेकपा (एमाले) र नेकपा (माके) बन्दा उहाँ नेकपा (एमाले)मा रहनु भएको थियो ।

उहाँको निधनमा नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली लगायतले शोक व्यक्त गर्नु भएको छ ।

Leave a Reply