एसपीपीबारे प्रधानमन्त्री देउवा मौन,अमेरिकालाई एसपीपीमा सम्लग्न नहुने अवगत गराउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं/ एकाएक निकै चर्चित बनेको संयुक्त राज्य अमरेरिकाको स्टेट पाट्नरसीप प्रोग्राम (एसपीपी) मा नेपालको सम्लग्नता बारे चर्चा परिचर्चा भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भने यो विषयमा मौन देखिनु भएको छ । प्रधानमन्त्री देउवाको तर्फबाट भन्दै गृह मन्त्री बालकृष्ण खाणलै प्रतिनिधि सभामा र परराष्ट्र मन्त्री डा.नारायण खड्काले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपालको एसपीपी मा सम्लग्न नहुने भनेर जवाफ दिनुभयो भने नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपाललाई एसपीपी मा सम्लग्न गराउने कार्य अगाडि बढेको भनेर अभिव्यक्ति दिएका नेकपा (माके)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देउवा नेतृत्वको ५ दलीय गठबन्धन सरकारले एसपीपी मा नेपाल सम्लग्न नहुने नीति रहेको सार्वजनिक अभिव्यक्ति दिनु भएपनि यो विषयमा प्रधानमन्त्री देउवाको मौनताप्रति भने कतिपय सरोकारवाला सशंकित रहेको देखिएको छ ।

नेपाल स्थित अमेरिकी दूताबासले सन् २०१९ मा नै एसपीपी मा नेपालको सहभागिता स्वीकार गरिएको प्रेस नोट जारी गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो , जसका कारण एसपीपी मा नेपाल सम्लग्न हुन नचाहेमा त्यो नेपालका लागि मान्य हुने सक्ने उक्त दूताबासको भनाई सार्वजनिक भएको थियो ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोही समितिकी सभापति पवित्रा निरौला खरेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नेपाल एसपीपी मा सम्लग्न नहुने भनी औपचारिक रुपमा अवगत गराउन नेपाल सरकारलाई निर्देशन दिएको छ । प्रधान सेनापति प्रभुराम शर्माको समेत उपस्थिति रहेको सो बैठकमा परराष्ट्र मन्त्री डा.खड्कासँगै प्रधानसेनापति शर्माले सांसदहरुको प्रशनको जवाफ दिदै नेपाल एसपीपी मा सम्लग्न नहुने बताउनुभएको थियो । बैठकमा डा. भीम रावल लगायतका सांसदहरुले एसपीपी मा नेपालको समृलग्नताको कडा विरोध गरेका थिए ।

यसैगरी प्रधानमन्त्री देउवाको संयुक्त राज्य अमेरिकामा हुने भनिएको भ्रमणबारे संसदमा प्रधानमन्त्री देउवाले स्पष्ट पार्नु पर्ने सांसदहरुले माग गरेका छन् ।

उता पूर्व प्रधानमन्त्री ओलीले भने आफू सन् २०१५ मा प्रधानमन्त्री हुदा नेपाली सेनाले संयुक्त राज्य अमेरिकालाई पत्र लेखेको आफूलाई जानकारी नगराएको पार्टीको कार्यक्रममा बताउनुभएको थियो । सो बेला प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्त राज्य अमेरिकालाई लेखेको पत्रको बोधार्थ रक्षा मन्त्रालय सहितका सरकारी निकायलाई पठाएको बताइएको छ । नेपाली सेनाले भने एसपीपी मा सम्लग्नताको लागि नभई मानवीय सहायताका लागि अमेरिकालाई ती पत्रहरु लेखेको स्पष्ट पारेको छ ।

Leave a Reply