एसीसी(MCC) सम्झौताको विरोधमा नेकपा सहित २२ दलद्वारा विरोध

काठमाडौं / मिलेनियम च्यालेञ्ज कर्पोरेशन(MCC) अर्थात सहस्राब्दी चुनौति निगम सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेज गर्नु पर्ने माग गर्दै ऋषि कटृटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , नेकपा (माले), नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , राष्ट्रिय जनमोर्चा लगायतका २२ राजनीतिक दलले आज काठमाडौं उपत्यकामा विरोध प्रदरशन गरेका छन् । लगनखेल , शंखधरचोक , सूर्यविनायक सहित काठमाडौं उपत्यकाका १० स्थानमा आज विरोध प्रदर्शन गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता रत्नप्रसाद जोशीले बताउनुभयो । २२ राजनीति दल तथा नागरिकहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएकोले यसलाई खारेज गर्नु पर्ने माग गर्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् ।

उता नेपाल मजदुर किसान पार्टीले भने एक्लै एमसीसी सम्झौता राष्ट्रघाती भएकोले त्यसलाई खारेज गर्नुपर्छ भन्दै सदन र सडकमा शसक्त विरोध गर्दै आएको छ ।

Leave a Reply