एसीसी(MCC) सम्झौता राष्ट्रको हितमा छैन, त्यसलाई खारेज गर्नुपर्छ :सांसद सुवाल

काठमाडौं/ नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एसीसी(MCC) सम्झौता राष्ट्र विपरीत भएकोले त्यसलाई खारेज गर्नुपर्छ’, भन्नुभएको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले सो कुरा बताउदै एमसीसी(MCC) सम्झौता राष्ट्रको हित विपरीत रहेको तथ्य समेत प्रस्तुत गर्नु भएको थियो । उहाँले भक्तपुरमा रहेका भक्तपुर क्यान्सर अस्पताल , शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र लगायतलाई मिलाएर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गरी सस्तो शुल्कमा मेडिकल शिक्षा अध्ययन अध्यापन गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । जिल्ला समन्वय समितिको औचित्य नभएकोले त्यसलाई खारेज गर्नु पर्ने बताउदै उहाँले प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालय काठमाडौं उपत्यकामा स्थापना गर्ने कार्य संघीयताको मर्म र भावना विपरीत भहेकोले त्यो कार्य बन्द गर्नु पर्ने बताउनुभयो । उहाँले सार्वजनिक सम्पति अपचलन गर्नेलाई कडा कारवाही गर्नु पर्ने खाँचो औंल्याउनुभयो ।

नेकपा (एमाले) का सांसदहरुको अवरोध र नाराबाजीका बीच चलेको प्रतिनिधिसभाको सो बैठकबाट विनियोजन विद्येयक बहुमतले पारित भएको थियो ।

Leave a Reply