माहिल्दाइ छदासम्म नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस बारेमा कुनै विवाद थिएन : भण्डारी

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले

‘शहीद गंगालालको माहिल़ो भाइ भएकाले हामी कमरेड पुष्पलाललाई माहिल्दाइ भन्थ्यौं, उनै माहिल्दाइ छदासम्म नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस १५ सेप्टेम्बरमा मात्रै मनाउने गरिएको थियो र त्यसबेलामा यो बारेमा कुनै बहस र छलफल थिएन’, भन्नुभएको छ । बिहीबार नेपाल कम्युनिष्ट पार्टी विधिवत रुपमा स्थापना भएको ७४औं वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंको कपनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भण्डारीले ‘नेपालको कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धाराको वैचारिक नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी सांगठानिक रुपमा पनि हस्तक्षेप गर्ने गरी क्रमिक रुपमा बलियो बन्दै गइरहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीको स्थापना र त्यसपछि अगाडि बढेको नेपालको कम्युनिष्ट आन्दोलनको बारेमा चर्चा गर्दै उहाँले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल जीवित रहदा मात्रै नभई उहाँको पार्थिव शरीरसँग पनि तत्कालीन पञ्चायती सरकार डराएको प्रसङ्ग उल्लेख गर्नुभयो । २०२९ देखि २०३५ सालसम्म कमरेड पुष्पलालसँग बनारसमा सँगै रहेकोले आफूले कमरेड पुष्पलाल विचार र सिद्धान्तमा जति क्रान्तिकारी हुनुहुन्थ्यो , उहाँको व्यवहार पनि त्यस्तै रहेको आफूले देखेको उपाध्यक्ष भण्डारीले बताउनुभयो । सो अवसरमा सोही पार्टीका केन्द्रीय सचिवालय सदस्य हरिदेव ज्ञवालीले

कमरेड पुष्पलालको नेतृत्वमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी पार्टीको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टीले कमरेड पुष्पलालका विचारलाई थप समृद्ध बनाउने र नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाइरहेको बताउनुभयो । सोही पार्टीका केन्द्रीय कार्यालय सचिव रत्नप्रसाद जोशीले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्टले

नेपालमा गणतन्त्र सृथापधा भएपनि कमरेड पुष्पलालले नेपाली समाजको चरित्र अर्ध-सामान्ती र अर्ध-औपनिवेशिक रहेको छ भनेर गरेको व्याख्या गरे अनुरुप समाज मात्रात्मक रुपमा मात्रै परिवर्तन भएको बताउनुभयो । त्यसैगरी सो पार्टीकी केन्द्रीय सचिवालय सदस्य तथा अखिल नेपाल महिला युनियनकी अध्यक्ष शशिकला घिमिरेले

कम्युनिष्ट आन्दोलनमा छद्य क्रान्तिकारीहरुलाई समयमा नै चिन्न नसक्ता क्रान्तिकारी क्रान्तिकारी कम्युनिष्ट आन्दोलनले धक्का खाएको बताउनुभयो । त्यसैपार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्कीले

कम्युनिष्ट आन्दोलनको ठीक ढंगबाट सिंहालोकन गरी अब नयाँ शिराबाट कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पिपुल्स फोर्सका संयोजक उत्सुक कट्टेलले

पिपुल्स फोर्सको गतिविधि सहित समसामयिक विषयमा आफ्नो विचार व्यक्त गर्नुभयो ।

Leave a Reply