काठमाडौं महानगरपालिकाको ९० दिन भित्र नक्सा स्वीकृत गर्न अनुरोध

विशेपत: पार्किङ व्यवस्थापनलाई मध्यनजर गरी आफ्नो स्वीकृति विना निर्माण गरिएका अनाधिकृत संरचना र पार्किङ गर्ने स्थल भनेर नकसा पास गरेको स्थललाई अनाधिकृत रुपमा अर्थोकै कार्यमा प्रयोग भइरहेका संरचना हटाइरहेको काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाएका तर मापदण्ड भित्र रहेका घरको नक्सा ९० दिन भित्र पेश गरी स्वीकृती लिन वा नियमन गर्न अनुरोध गरेको छ । यसैगरी सो महानगरपालिकाले अनाधिकृत रुपमा निर्माण गरेका घरका पर्खाल जस्ता अनाधिकृत भौतिक संरचना ३५ दिन भित्र हटाउन सूचना प्रकाशित गरी आग्रह गरेको छ ।

यता अनाधिकृत संरचना ३५ दिन भित्र हटाउन आफूले जारी गरेको सूचना व्यवस्ता गरेको भन्दै काठमाडौं महानगरपालिकाले अनाधिकृत संरचना हटाउन थालेपछि त्यसबाट हटाइएका संरचना भित्र सम्बन्धित घरधनी वा आधिकारिक व्यक्तिको इजाजतमा ठाउँ/ सटर भाडामा लिएर व्यवसाय गर्दै व्यसायीहरु आफूले क्षति बेहोरेका बताइरहेका छन् । उनीहरु भन्छन्-‘यस्ता संरचना बनाएर त्यसलाई भाडामा लगाएर फाइदा लिने व्यक्ति/संस्थालाई कुनै कारवाही नहुनु तर तर त्यहाँको महिनै पिच्छे भाडा तिरेर व्यवसाय गर्नेले मातृरै क्षति बेहोर्नु परो । यो कस्तो न्याय हो !’

काठमाडौंको नयाँ बानेश्वरका सठकमा व्यवसाय गर्दै आएका सडक व्यापारीहरुले नयाँ बानेश्वर चोकबाट १०० मीटरको दुरीमा पुरानो बानेश्वर जाने बाटोतिरको साइडको भित्री बजारमा आफ्नो व्यवसाय शुरु गरेका छन् भने नयाँ बानेश्वरको सडक खाली हुदा यात्रुलाई हिडडुल गर्न सजिलो भएको छ ।

Leave a Reply