कोशी प्रदेशका नवनियुक्त मुख्यमन् उद्धब थापाले आज प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । सपथ ग्रहण गरेसँगै उहाँले मुख्यमन्त्रीको पदीय जिम्मेवारी सम्हाल्नुभएको छ ।
उहाँले आफ्नो नेतृत्वमा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा (एस)का कमल जबेगु रहेको ३ सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभयो । नवनियुक्त मन्त्रीद्वय सुनुवार र जबेगुलाई प्रदेश प्रमुख खापुङले मन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । मन्त्रीद्वय सुनुवार र जबेगुलाई मन्त्रालय भने तोकिएको छैन भने नेकपा (माके) र जसपाले थापा नेतृत्वको मन्त्रीपरिषदमा आफ्ना सदस्य पठाउन सकेन ।
यता सभामुख बाबुराम गौतमले नेपाली कांग्रेसका नेता उद्धब थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीको दावी प्रस्तुतका लागि हस्ताक्षर गरेको विरोधमा नेकपा (एमाले)ले कानुनी र संसदीय लडाई लड्ने जनाएको छ । यसका लागि नेकपा (एमाले) र राप्रपा अदालत जाने ती पार्टीका नेताहरुको भनाइ छ ।





