कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भोलि प्रदेश सभाबाट विश्वासको मत लिने

नेपालको संंविधान,२०७२ को धारा १६८ को उपधारा (५) अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले भोलि कोशी प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ ।

सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्तावित इन्द्र आङ्बोलाई निराश बनाउदै नेकपा (एमाले)का ३९ र नेपाली कांग्रेसका आफू सहित ८ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका नेता कार्कीको नेतृत्वमा आइतबार नेपाली कांग्रेसका शमशेर राई र नेकपा (एमाले)का राम राना रहेको ३ सदस्यीय मन्त्रीपरिषद गठन भएको छ तर राई र राना दबै जना विना विभागीय मन्त्री हुनुहुन्छ । आइतबार प्रदेश प्रमुखबाट पद तथा ग‍ोपनियता सपथ लिएसँगै मुख्यमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको थियो ।

मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकार सर्वदलीय सरकनर हुने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीलाई कोशी प्रदेश सभामा रहेका सत्ता गठबन्धन दलका प्रदेश सभा सदस्यहरुले पनि विश्वासको मत दिने कतिपय नेतहरुको भनाइ छ ।

Leave a Reply