गाई नपाएपछि कमल थापा हिस्स

राष्ट्रिय प्रजातन्त्र पार्टी , नेपालले गाई चुनाव चिन्ह नपाएपछि सो पार्टीका अध्यक्ष कमल थापा हिस्स पर्नु भएको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजालासले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको चुनाव चिन्ह गाई हुनुपर्ने माग गरी सोही पार्टीका अध्यक्ष थापाले सर्वोच्च अदालतमा दायर गरेको मुद्धा खारेज गरेको सर्वोच्च अदालत श्रोतले जनाएको छ ।

उक्त पार्टीले चुनाव चिन्ह गाई माग गरेपनि निर्वाचन आयोगले गाई राष्ट्रिय जनावर भएकोले गाईलाई राजनीतिक दलको चुनाव चिन्हको रुपमा प्रयोग गर्न नमिल्ने भन्दै उक्त पार्टीलाई चुनाव चिन्ह तीर दिएको थियो तर निर्वाचन आयोगको त्यस निर्णयबाट असन्तुष्ट राप्रपा, नेपालका अध्यक्ष थापाले आफ्नो पार्टीको चुनाव चिन्ह गाई हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गर्नु भएको थियो ।

Leave a Reply