बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन् विषयलाई लिएर आन्दोलनरत पक्ष र नेपनल सरकार बीच आज ३ बुँदे सहमती भएको छ । मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी सहितको रोहबरमा भएको सो सहमतीपत्रमा नेपाल सरकारको तर्फबाट गृह मन्त्रालयका उप-सचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षको तर्फबाट रुबी खानले हस्ताक्षर गर्नुभएको छ ।






