चुनाव प्रचार गर्ने आज अन्तिम दिन भएकोले उम्मेद्वारहरुलाई मत माग्न भ्याइनभ्याई

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन भएकोले सो निर्वाचनमा खडा भएका उम्मेद्वारहरु र तिनका समर्थक र सुभेच्छुकहरुलाई मतदाताहरुसँग मत माग्न भ्याइनभ्याई भएको छ । उनीहरु आज विहान सबेरैबाट चुनावी क्रियाकलाप हरु गरिरहेका छन् ।

यो निर्वाचनमा राजनीतिक दलहरुका साथै उल्लेख्य मात्रामा स्वतन्त्र उम्मेद्वारहरु चुनावी मैदानमा खडा भएका छन् । स्वतन्त्र उम्मेद्वारहरुका कारण कतिपय जनाधार बलियो भएका राजनीतिक दलहरुको निद्रा खल्लबलिएको देखिएको छ । यो निर्वाचन युवाहरुको राम्रै सहभागिता देखिएको छ । राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फ महिला उम्मेद्वार अति थोरै संख्यामा खडा गरेपछि त्यसले चुनावमा दलहरुले कम्तीमा ३३ प्रतिशत महिलाहरुलाई टिकट दिनु माग गरी आवाज उठाइरहेका महिलाहरुलाई निराश बनाएको देखिएको छ ।

Leave a Reply