जसपा ५ दलीय सत्ता गठबन्धनबाट अलग्गिने !

५ दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न नसकिरहेको बेला त्यही गठबन्धनको एक घटक जनता समाजबादी पार्टी, नेपाल उक्त गठबन्धनबाट अलग्गिन सक्ने अबस्था निर्माण हुदै गएको बताइएको छ । सो गठबन्धन भित्र आफू माथि सम्मानजनक व्यवहार नभएकोले यो अबस्था बनेको सोही पार्टी श्रोतले जनाएको छ । पार्टी भित्र टिकटका आकांक्षी धेरै भएपछि गोप्य रुपमा बसेको त्यस पार्टीको बैठकले सबे दलहरुसँगको तालमेलको नीतिलाई खुल्ला राखेको जनाएको छ ।

नेपाली कांग्रेस भित्रको विवाद जारी

टिकट वितरणमा न्याय नभएको भन्दै नेपाली कांग्रेस भित्रको संस्थापन इतर समूहले संगठित रुपमा विरोध जारी राखेपछि छन् । उनीहरुले नेपाली कांग्रेस बाहेकका उम्मेद्वारलाई असहयोग गर्ने बताएका छन् , जसका कारण सत्तासीन ५ दलीय चुनावी गठबन्धन टुट्ने खतरा बढ्न थालेपछि नेपाली कांग्रेस भित्र र सत्ता गठबन्धन भित्र सो विवाद मिलाउन दवाव बढ्दै गएको छ । त्यो विवाद समाधान गर्न नेपाली कांग्रेसका दुबै पक्षका नेताहरुले प्रयत्न गरिरहेको बताइएको छ ।

एमाले र लोसपा बीचको चुनावी तालमेल अन्यौलमा !

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले) र लोसपा बीच चुनावी तालमेल हुने भनिएपनि त्यसले मूर्त रुप लिन सकेको छैन , जसले यी दुई दल बीच चुनावी तालमेल हुने हो होइन भन्ने विषय अन्यौल बनेको जानकारहरु बताउछन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको यही असोज २३ गते प्रत्यक्ष तर्फका उम्मेद्वार मनोनयन गर्न निर्वाचन आयोगले समय निर्धारण गरेको छ ।

Leave a Reply